धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ, भदौ ६ गते ।
धादिङको नीलकण्ठ नगरपालिका संस्थागत स्वमूल्यांकनमा देशकै उत्कृष्ट भएको छ । ९३.५० अङक् ल्याएर उत्कृष्ट भएको नगरपालिकालाई संघीय सरकाले सम्मान गरेको छ । शुक्रबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानालाई सम्मान गर्नुभएको हो ।
विभिन्न एक सय वटा सुचकहरुमा भएको मुल्याङ्कनको आधारमा आ.व २०८०/८१ म नगरपालिकाहरु मध्येबाट धादिङको नीलकण्ठ नगरपालिका प्रथम हुन सफल भएको हो ।
आर्थिक पार्दशिता र जवाफादेहितालाई मुख्य प्राथमिकतामा राखेर नीलकण्ठ नगरपालिकाले काम गर्दै आएको नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनुभयो ।
त्यसैगरी गाउँपालिकातर्फ धादिङको बेनीघाट रोराङ गाउँपालिका ९१.७५ अङ्क ल्याएर पहिलो भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रालयले समग्र स्थिति, प्रक्रियागत स्थिति र परिणामको मुख्य तीन वटा आयमहरुलाई आधार मानेर मुल्याङकन गरिएको थियो ।
स्वमूल्यांकनका लागि कार्यविधिले विभिन्न १० वटा विषयक्षेत्र निर्धारण गरेको छ । त्यसमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन र सहकार्य तथा समन्वयलाई सुचक मानेर स्थानिय संस्थागत क्षमत स्वमुल्याङकन गर्ने गरिन्छ ।
मन्त्रालयले धादिङको नीलकण्ठ नगरपालिका, बेनीघाट रोराङ गाउँपालिका खैरहनी नगरपालिका चितवन र तिलोत्तमा नगरपालिका रुपन्देही, अर्जुनचौपारी गाउँपालिका स्याङजा, र रुरुक्षेत्रगाउँपालिका गुल्मीलाई सम्मान गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |