नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
गजुरी । गजुरी गाउँपालिका वडा न–६, स्थित आदमघाट बजार क्षेत्रमा आज २०० वटा बिरुवा रोपिएको छ । आदमघाट बजार क्षेत्र तथा सडक आसपासमा लायन्स क्लब अफ धादिङ हाईटको आयोजनामा बृक्षारोपण कार्यक्रम गरिएको हो । सडक छेउमा धुपी, कपुर, अशोक लगायतका बिरुवा रोपिएको छ ।
बृक्षारोपण कार्यक्रम क्लबका अध्यक्ष लायन शालिग्राम तिमल्सेनाको अध्यक्षतामा तथा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ ‘आई’ का डिष्ट्रीक चिफ एडमिनिष्ट्रर लायन युबराज खनाल, वडा अध्यक्ष भक्तबहादुर लामा, ३२५ ‘आई’ ५ नं. का रिजन चेयरपर्सन लायन कृष्ण बद्री पौडेल, लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष लायन बद्री अधिकारी, लायन्स क्लब अफ धादिङ मण्डलीका अध्यक्ष लायन महेश रिजाल, शसस्त्र प्रहरी बलका प्रतिनिधि तथा वन उपभोक्ता समितिका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बजार आसपास तथा सडकका किनारमा बिरुवा रोप्ने कार्यक्रम आफ्नो पनि सोच रहेको भन्दै लायन्स क्लवले यस किसिमको कार्यक्रम आयोजना गर्नुभएकोमा धन्यावाद प्रकट गर्नु भएको थियो । उहाँले आगामी दिनमा सहकार्य हुँदा पालिकाको तर्फबाट आफु पनि हातेमालो गर्न तयार रहेको जानकारी दिनु भयो ।
त्यसैगरी कार्यक्रमका बिशेष अतिथि डिष्ट्रीक चिफ एडमिनिस्ट्रर खनालले लायन्स क्लब १०७ वर्ष पुरानो संस्था भई विश्वका २१० देशमा सक्रिय रहेको र नेपालका १५ डिष्ट्रीकमध्ये ३२५ ‘आई’ उत्कृष्ट रहेको बताउनु भयो ।
लायन्स क्लब अफ धादिङ हाईट अध्यक्ष तिमल्सेनाले आगामी दिनमा लायन्स क्लव अफ मार्फत हुने कार्यक्रमहरु समन्वय र सहकार्य गर्दै अझ प्रभावकारी रुपमा संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |