धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ, साउन २२ गते ।
धादिङमा गाई–भैंसीमा रेबिजको संक्रमण देखिन थालेको छ । पछिल्लो समय जिल्लाको नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ गाउँपालिकामा किसानहरूले पालेका पशुमा रेबिजको संक्रमण देखिएको पशु सेवा कार्यालय धादिङले जनाएको छ ।
नीलकण्ठ नगरपालिका भित्रका पशुमा परिक्षण गर्दा रेबिज पुष्टि भएको र बेनीघाट रोराङ क्षेत्रमा पनि रेबिजसँग मिल्दोजुल्दो लक्षण देखिएको पशु सेवा कार्यालय धादिङका प्रमुख बबलु ठाकुरले जानकारी दिनुभयो ।
रेबिजको संक्रमण कुकुर मात्र नभई स्याल, न्याउरी मुसा, बिरालो लगायतका जङ्गली जनावरको टोकाइबाट पनि सर्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।
कार्यलयका प्रमुख ठाकुरले किसानहरूलाई गोठ वरपर तारवार लगाएर जङ्गली जनावर प्रवेश गर्न नदिने, न्याउरी मुसा जस्ता साना प्राणी छिर्न नसक्ने व्यवस्था मिलाउने, तथा गोठको भौतिक र जैविक सुरक्षा मजबुत बनाउन आग्रह गर्नुभएको छ । उहाँले गोठको उचित सुरक्षा गरिएमा रेबिजको संक्रमणबाट गाई–भैंसीजस्ता पशुधनलाई जोगाउन सकिने स्पष्ट पार्नुभयो ।
पशु सेवा कार्यालयले रेबिजको लक्षण देखिएका पशुहरूको दूध बिक्री नगर्न समेत किसानहरूलाई आग्रह गरेको छ । रेबिज नियन्त्रण गर्नको लागि स्थानीय तहहरूले पनि समुदायमा रहेका कुकुरहरूलाई भ्याक्सीनेसन कार्यक्रम संचालन गर्नुपर्ने कार्यालयले जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |