निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङ, साउन १२ गते ।
धादिङको धुनिवेशी नगरपालिका–५ स्थित कुमाईखोलाको धार्के–सितापाइला भित्री सडक खण्डमा सवारी दुर्घटना भएको छ । सोमबार बिहान काठमाण्डौँबाट चितवनतर्फ जाँदै गरेको बा.२.ज.२९९५ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।

दुर्घटनामा सवारी साधनमा सवार ६ जनामध्ये २ जना मध्यम र ४ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
घाइते हुनेहरूमा सोलुखुम्बुको दूधकुण्ड गाउँपालिका–३ कि ४१ वर्षीय मिना खड्का, २४ वर्षीय सागर खड्का, २१ वर्षीय सन्जु खड्का, १६ वर्षीय जस्मिन खड्का, र सात वर्षीया जेशिका गुरूङ रहेका छन् । सिन्धुपाल्चोक, २३ वर्षका ट्याक्सी चालक दिनेश दंगाल पनि सामान्य घाइते भएका छन् ।
ट्याक्सी अनियन्त्रित भई सडकबाट झन्डै ५ मिटर तल खोल्सामा पल्टिँएको हो ।
घाइतेहरुलाई तत्काल उद्धार गरी थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। ट्याक्सी घटनास्थलमै रहेको छ।
दुर्घटनापछि इलाका प्रहरी चौकी जिवनपुरबाट प्रहरी निरीक्षक विजय यादवको कमान्डमा टोली खटी घटनास्थलमा पुगेको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |