प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
धादिङ, असार १ गते ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) बागमती प्रदेशले प्रथम प्रदेशस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ। उक्त प्रतियोगिता शुक्रबार सिन्धुपाल्चोकस्थित सेरावीच रिसोर्टमा सम्पन्न भएको हो।
प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाबाट ७२ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए। धादिङ जिल्लाबाट चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालय, धादिङबेसीका आयुष बराईली र मुनाल एकेडेमी, गजुरीकी कृशुना डल्लाकोटी प्रतिनिधिका रूपमा सहभागी भएका थिए।
उनीहरू दुवैजना गत जेठ १० गते प्याब्सन धादिङले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगिताबाट छनोट भएका थिए।
प्रतियोगितामा धादिङका प्रतिनिधि आयुष बराईलीले सान्त्वना पुरस्कार प्राप्त गर्दै जिल्लालाई पहिलोपटक नै प्रदेशस्तरमा पुरस्कृत गराउने सफलता हासिल गरेका छन्।
यस उपलब्धिप्रति खुशी व्यक्त गर्दै प्याब्सन धादिङका सचिव भीम बहादुर श्रेष्ठले चिल्ड्रेनपार्क विद्यालय र आयुष बराईलीको योगदानले सम्पूर्ण प्याब्सन धादिङको गरिमा थप उचो बनाएको बताउनुभयो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |