नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङबेशी १,असार । नीलकण्ठ नगरपालिकाले ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला २०८२’ सम्पन्न गरेको छ । युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने उद्देश्य सहित शनिबार नीलकण्ठ वालमन्दिर माध्यमिक विद्यालयमा मेला गरिएको थियो ।
उद्घाटन समारोहमा नगर प्रमुख भीमप्रसाद ढुंगानाले नीलकण्ठलाई उद्यमशीलताको केन्द्र बनाउनुपर्ने कुरा औंल्याउनुभयो । “स्वदेशमै रोजगारी सिर्जना गर्न यो मेला महत्वपूर्ण छ । हमी विदेश नभई यहाँ नै सम्भावना सिर्जना गर्न चाहन्छौँ”, मेयर ढुंगानाको भनाइ थियो ।
उप–प्रमुख दिपक विश्वकर्माले नगरपालिकाले गत वर्ष ६७५ जनालाई तालिम दिएको जानकारी गराउनुभयो । उहाँको अनुसार, मेला बेरोजगारी घटाउन, श्रमिकको कौशल अभिवृद्धि गर्न अनि श्रमिक र रोजगारदाताबीच सम्बन्ध स्थापना गर्न महत्वपूर्ण छ ।
मेलामा २५ स्टल राखिएका थिए, जहाँ स्थानीय उत्पादन, हस्तकला, ढाका कपडा, बिभिन्न किसिमका अचार, औषधी जन्य वस्तु आदि प्रदर्शन गरिएको थियो । साथै प्रेरक भाषण, अन्तरक्रियात्मक कार्यक्रम, परामर्श सत्र, रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
मेलामा युवाहरूको कौशल, रूचि अनि आवश्यकता सम्बन्धी जानकारी पनि संकलन गरिएको थियो, जुन भविष्यको योजना तर्जुमामा महत्वपूर्ण हुने जनाइएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |