तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,२६ जेठ ।
नीलकण्ठ नगरपालिकामा विपद व्यवस्थापन सम्बन्धि बिद्यालय अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको वडा नम्बर–५ स्थित पञ्चकन्या आधारभूत विद्यालयमा विपद व्यवस्थापन सम्बन्धि अनुशिक्षण कार्यक्रम गरिएको हो । कार्यक्रम नीलकण्ठ नगरपालिका वन, वातावरण तथा विपद व्यबस्थापन शाखाको आयोजनामा संचालन भएको हो ।
कार्यक्रममा विपद् व्यवस्थापनको पूर्वतयारी, जनचेतना र आवश्यक सतर्कता अपनाउने उपायहरूबारे जानकारी गराईएको थियो । विपद् व्यवस्थापनको अभ्यासस्वरूप नगरप्रहरीद्वाराकिचनमा प्रयोग हुने सामान्य घरेलु बस्तुहरुकै प्रयोगबाट सिलिन्डरमा लागेको आगो नियन्त्रण गर्ने उपायको कृत्रिम घटनाको प्रदर्शनसमेत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेम बहादुर श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा वडा नं– ५ का वडा अध्यक्ष राम बहादुर श्रेष्ठ, विद्यालयकी प्रधानाध्यापक प्रमिला अधिकारी लगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।






निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |