प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
धादिङ,२६ जेठ ।
नीलकण्ठ नगरपालिकामा विपद व्यवस्थापन सम्बन्धि बिद्यालय अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको वडा नम्बर–५ स्थित पञ्चकन्या आधारभूत विद्यालयमा विपद व्यवस्थापन सम्बन्धि अनुशिक्षण कार्यक्रम गरिएको हो । कार्यक्रम नीलकण्ठ नगरपालिका वन, वातावरण तथा विपद व्यबस्थापन शाखाको आयोजनामा संचालन भएको हो ।
कार्यक्रममा विपद् व्यवस्थापनको पूर्वतयारी, जनचेतना र आवश्यक सतर्कता अपनाउने उपायहरूबारे जानकारी गराईएको थियो । विपद् व्यवस्थापनको अभ्यासस्वरूप नगरप्रहरीद्वाराकिचनमा प्रयोग हुने सामान्य घरेलु बस्तुहरुकै प्रयोगबाट सिलिन्डरमा लागेको आगो नियन्त्रण गर्ने उपायको कृत्रिम घटनाको प्रदर्शनसमेत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेम बहादुर श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा वडा नं– ५ का वडा अध्यक्ष राम बहादुर श्रेष्ठ, विद्यालयकी प्रधानाध्यापक प्रमिला अधिकारी लगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।






निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |