तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङबेशी २०,जेष्ठ । धादिङको नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय ISO गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय बनेको छ ।
आईतबार ५१ औं वार्षिक उत्सवको अवसरमा बिद्यालयले शैक्षिक संस्था व्यवस्थापन प्रणाली सम्बन्धि गुणस्तर चिन्ह आइएसओ २१००१ समेत प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन आइएसओ को मापपदण्ड पुरा गरेको कारण प्रमाणपत्र प्रदान गरिएको छ ।
बिद्यालयको सबै सर्टिफिकेटहरूमा ISO सर्टिफिकेट ब्याज हुनेभएकाले विश्व बजारमा अव सर्बमान्य प्रमाणपत्र बिद्यार्थीहरूले प्राप्त गर्नेछन् । अव बिद्यालयले आगामी २ बर्षमा हुने Full Academic Auditमा पास हुनुपर्ने चुनौति थपिएको छ ।
विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरि वार्षिक उत्सव मनाएको थियोे । वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा विभिन्न प्रतिस्पर्धाका विजयीहरुलाई पुरस्कार वितरण, उत्कृष्ठ शिक्षक कर्मचारीहरुलाई सम्मानको साथमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो ।
वार्षिक उत्सव समारोहको सम्बोधन गर्दै जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले जिल्लाको केन्द्रमा रहेको विद्यालयले शैक्षिक गुणस्तरमा फोकस गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
वार्षिक उत्सवकै अवसरमा प्राप्त गरिएको आइएसओ प्रमाणपत्रले विद्यालयको विश्वास र उचाई थप उचो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कोईरालाले बताउनु भयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |