नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ, १८ जेठ ।
रुबी भ्याली गाउँपालिकाले स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषा लिपी शिक्षा विषय सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
पाँच दिन सम्म सञ्चालन हुने प्रशिक्षणमा भाषा नीति निर्माण तथा तामाङ मातृभाषामा शिक्षा लिपी विषयका बरिस्ठ प्रशिक्षक एवं तामाङ भाषाविद् अजितमान तामाङको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
तामाङ जातिको भाषा–लिपी जर्गेना गर्ने तथा भाषा सम्वन्धी प्रशिक्षण प्रदान गर्ने उद्देश्यले तामाङ–लिपी सम्वन्धी प्रशिक्षण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले बताउनुभयो । आफ्नो भाषा लिपीमा बोल्न मात्र नभई लेख्न समेत सिकाउने उद्देश्यले पहिलो पटक विद्यालयका शिक्षकहरुलाई भाषा प्रशिक्षण कार्यक्रम सुरु गरिएको तामाङले बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नविन कुमार गोलेले सबै विद्यालयमा तामाङ भाषाको लिपी पाठ्यक्रम सुरु गर्नुका साथै तामाङ भाषा, लिपि प्रवद्र्धन तथा सामुदायिक अधिकारलाई सुनिश्चितका लागि कार्यक्रम गरिएको बताउनुभयो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |