तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,१६ जेठ
धादिङको ज्वालामुखी गाउँपालिका–३, मैदीमा रहेको शमीभञ्ज्याङ्ग माध्यमिक विद्यालयले विद्यार्थी नेतृत्व चयन गर्नका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।विद्यालय व्यवस्थापनको निर्णय अनुसार बाल क्लव र यूरेस अन्तर्गत विद्यार्थी प्रतिनिधि चयनको लागि निर्वाचन हुन लागेको हो । जेठ १९ गते निर्वाचन प्रक्रिया सञ्चालनको लागि तयारी तिव्र पारीएको छ ।
निर्वाचन प्रक्रिया पूर्णरूपमा पारदर्शी, निष्पक्ष तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै विद्यार्थी, शिक्षक तथा सरोकारवालालाई सहकार्यको आग्रह गर्दे निर्वाचन प्रक्रियामा सहभागी हुनको लागि विद्यार्थीहरुलाई विद्यालयले आग्रह गरेको छ ।निर्वाचनका लागि अध्यक्षमा २, उपाध्यक्षमा २, सचिवमा ४ र कोषाध्यक्षमा २ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत नवराज सापकोटाले जानकारी दिनुभयो ।
मतदाता नामावली, उम्मेदवार सूची प्रकाशन, चुनाव चिन्ह वितरण, मौन अवधि, प्रचारप्रसार समय लगायतका सम्पूर्ण चरणहरू सुव्यवस्थित तालिका अनुसार तय गरिएको छ ।जेठ १९ गते बिहान १ बजे देखि ३ बजे सम्म निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको हो ।
यस्ता निर्वाचन प्रक्रियाले विद्यार्थीहरूमा लोकतान्त्रिक अभ्यास, नेतृत्व विकास गर्नको लागि निर्वाचनले विद्यार्थीहरुलाई टेवा पुग्ने शिक्षक नवराज सापकोटाले बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |