नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,१४ जेठ
धादिङबेसी स्थिते चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालयले शैक्षिक सत्र २०८२ को लागि कप्तान र उपकप्तान चयन गरेको छ । विद्यालयले निर्वाचन प्रक्रिया मार्फत विद्यालको कप्तान र उपकप्तान चयन गरेको हो । विद्यालयको कप्तानमा १ सय ५९ मत सहित सिठी समुह बाट लिडिया तामाङ निर्वाचित हुनुभएको छ भने उपकप्तानमा ६६ मत सहित बाघ समुहका सोहन गुरुङ निर्वाचित हुनुभएको प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
५ सय ५३ जना मतदाता रहेको चिल्ड्रेनपार्क आवासिय माध्यामिक विद्यालयमा ५ सय ३२ जनाले मतदान गरेका थिए ।एकजना नायकका लागि ७ जना र एक जना सह–नायकका लागि ३५ जना उम्मेदवार रहेको थियो ।विद्यार्थीहरुको सिकाई क्रियाकलापलाई प्रयोगात्मक अभ्यास मार्फत जानकारी दिने उद्देश्यले प्रकृया पुरा गरेर शान्तपुर्वक निर्वाचन गरिएको प्रिन्सिपल श्रेष्ठले बताउनुभयो । शुक्रबार भएको मतदानको मतगणना गरि मंगलबार मत परिणाम सार्वजनिक गरिएको हो ।
कार्यक्रममा विद्यालयका निवर्तमान कप्तान संगम गुरूङ र उप कप्तान दिपसन सिम्खडाले ब्याच हस्तान्तरण गरी बधाई दिएका थिए ।यसै अवसरमा प्याब्सन धादिङले आयोजना गरेको चित्रकला प्रतियोगितामा द्वितीय हुने कक्षा ८ का आयुस बराइली, १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेकान्दो तर्फ प्रथम हने विवेक घले, आशिष तामाङ,द्वितीय हुने सुजन सिंह ठकुरी, तृतीय हुने ओसन गुरूङ र कबड्डी तर्फ प्रथम हुने जीवन श्रेष्ठ, रेजिना तामाङ र कविता तामाङलाई पनि सम्मान गरिएको थियो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |