Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १९, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई

धादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम

१५१० पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ १२, सोमबार (९ महिना अघि)
धादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम

धादिङ,१२ जेठ ।
स्वच्छ समाज निर्माण र वातावरणीय सचेतनाको सन्देश फैलाउने उद्देश्यले परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आइतवार धादिङ बेसी बजार क्षेत्रमा विशेष सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। जनघनत्व उच्च रहेको बजार क्षेत्रमा निरन्तर फोहोर थुप्रिदै गएकोले यस क्षेत्रको सरसफाइ अत्यावश्यक भएको जनाउँदै आयोजक मण्डलीले यो अभियान सञ्चालन गरेको हो ।

कार्यक्रममा मण्डलीका विश्वासीहरू, उनीहरूका परिवार र छिमेकीहरू सहित करिब ५० जना स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले करिब १ किलोमिटर क्षेत्रफल सफा गर्दै बजार वरपर फैलिएका फोहोरहरू सङ्कलन गरेका छन् ।

कार्यक्रममा निलकण्ठ नगरपालिकाले फोहोर व्यवस्थापनको कार्यमा सहयोग पु¥याउँदै स्वयंसेवकहरूलाई हौसला प्रदान गरेको थियो । स्वयंसेवकहरूले चुरोटका ठुटा, प्लास्टिकका कप, चाउचाउ तथा बिस्कुटका खोल, कागज, खानेकुराका डब्बा जस्ता विभिन्न किसिमका फोहोर संकलन गरी एक ट्र्याक्टर भरिएको थियो ।

परमेश्वरको मण्डलीका एक जना प्रतिनिधिले भन्नुभयो, “परमेश्वरले हामीलाई दिएको पृथ्वीको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो। वातावरण सफा राख्नु केवल स्वास्थ्यका लागि नभई सुसंस्कृत समाज निर्माणतर्फको एक महत्त्वपूर्ण कदम पनि हो। यस अभियानमार्फत हामीले समाजमा वातावरणप्रतिको दृष्टिकोण परिवर्तन गर्न सक्ने विश्वास लिएका छौं।”

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, धादिङका सभापति दुर्लभ तामाङले भन्नुभयो, “हामी रेडक्रसमार्फत र तपाईंहरू मण्डलीमार्फत समाज सेवा गरिरहेका छौं। हाम्रो लक्ष्य एउटै हो— मानवता र सेवा। सम्पूर्ण प्राणीको सेवामा रमाउने संस्कृति नै हाम्रो मूल धर्म हो।”

परमेश्वरको मण्डलीले नेपालभरि मात्रै होइन, विश्वका १७५ भन्दा बढी देशका ७,८०० शाखाहरूमा नियमित रूपमा सरसफाइ, रक्तदान, आपतकालीन राहतजस्ता ३०,००० भन्दा बढी सामाजिक सेवा गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

नेपालमै हालसम्म ५४,१५३ जनाले ९४१ वटा सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाइसकेका छन्। हेटौँडा, काठमाडौं, ललितपुर, पोखरा, भरतपुरजस्ता थुप्रै शहरी क्षेत्रमा निरन्तर सरसफाइ कार्यक्रम सञ्चालन गरिएको छ। साथै, वृद्धाश्रम भ्रमण, नर्सिङ होममा सामग्री अनुदान, भूकम्प प्रभावित क्षेत्रमा मर्मतकार्य सहयोगजस्ता कार्यहरू मण्डलीमार्फत निरन्तर भइ रहेका छन्।

गत वर्ष मात्र मण्डलीले “निस्तारः चाडको प्रेम, जीवन बचाउने रक्तदान अभियान” अन्तर्गत २१ पटक रक्तदान कार्यक्रम आयोजना गरिसकेको थियो। मण्डलीले गरेको सामाजिक कार्यको कदरस्वरूप मण्डलीलाई संयुक्त राज्य अमेरिका, गणतन्त्र कोरिया, बेलायत, ब्राजिल र पेरुजस्ता देशहरूका राष्ट्रप्रमुखहरूमार्फत राष्ट्रपति स्वयंसेवा अवार्ड, महारानी स्वयंसेवा अवार्ड, राष्ट्रिय सभा पदक लगायत ५,००० भन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त भएका छन्।

नेपालमा पनि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, नीलकण्ठ नगरपालिका, र नेपाल रेडक्रस सोसाइटीजस्ता संस्थाहरूबाट प्रशंसा पत्र तथा सम्मानपत्रहरू प्रदान गरिएका छन्।

No description available.No description available.

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१५%१९%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

  • राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

  • मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

  • आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

  • समाचार
    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0