प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ, ०८ जेठ ।
धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानीका ८८ वर्षीय जगनाथ लम्सालको खुकुरी प्रहारबाट घाइते भई उपचारको क्रममा निधन भएको छ। बैशाख २५ गते आफ्नै भतिज ६० वर्षीय बाबुकाजी लम्सालले खुकुरी प्रहार गरी उनलाई गम्भीर घाइते बनाएका थिए ।
घाइते अवस्थामै उनलाई तत्काल धादिङ अस्पतालमा प्रारम्भिक उपचार दिइएपछि सोही दिन हेलिकप्टरमार्फत काठमाडौंस्थित टिचिङ अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहीबार उहाँको निधन भएको हो।
वृद्ध लम्सालको अनुहार र टाउकोमा गम्भीर चोट लागेको थियो। आरोपी बाबुकाजी लम्साल मृतक वृद्धका दाजुको छोरा हुन्।
स्थानीयका अनुसार, बाबुकाजी यसअघि आफ्नै श्रीमतीको हत्या गरी सात वर्ष जेल सजाय भोगिसकेका व्यक्ति हुन्। उक्त घटनापछि मृतक वृद्धले बाबुकाजीकी श्रीमतीको काजक्रिया गरेका थिए, जसको कारण रिसीबी राखेका बाबुकाजीले हिडडुल गर्न नसक्ने वृद्धमाथि बसेको अवस्थामा नै धारिलो हतियार प्रहार गरेका थिए।
प्रहरीले घटनाको दिन नै बाबुकाजीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरू गरेको जनाएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |