Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ कार्तिक १२, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ताधादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • धादिङमा आफ्नै छोराद्धारा आमाको हत्याधादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
  • पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रहपृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह
  • दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझावदसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव
  • अब नेता सुध्रिने कि कार्यकर्ता उठ्ने ?अब नेता सुध्रिने कि कार्यकर्ता उठ्ने ?

बेनीघाट रोराङ गाउँपालिकाको टोल टोलमा अभिभावक शिक्षा

५८५ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ ८, बिहिबार (५ महिना अघि)
बेनीघाट रोराङ गाउँपालिकाको टोल टोलमा अभिभावक शिक्षा

धादिङ,०८ जेठ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले अभिभावक शिक्षा अभियान संचालनमा ल्याएको छ । “टोल टोलमा अभिभावक शिक्षा, घर घरमा समीक्षा” भन्ने मूल नारासहित गाउँपालिकाले अभियान संचालनमा ल्याएको हो ।

विशेषगरी भौगोलिक विकटता, चेतनाको अभाव, गरिबी र कुपोषणले प्रभावित अति सीमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी अभियान सुरू गरिएको हो ।

अभिभावकहरू माझ शिक्षा सम्बन्धी चेतना अभावका कारण बालबालिकाहरू विद्यालय जानबाट वञ्चित भइरहेका छन्। अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई विद्यालय पठाउन प्रेरित गर्ने, विद्यालय भर्ना दर वृद्धि गर्ने, र शिक्षाको महत्त्वबारे सचेत गराउने उद्देश्य रहेको गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले बताउनुभयो ।

खेतीपाती र अन्य दैनिक कामको व्यस्तताका कारण दिउँसो अभिभावक भेट्न कठिन हुने भएकाले अभियान साँझको समयमा सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। यसले गाउँपालिकाको नियमित सेवा प्रवाहमा अवरोध नपु¥याउने र अभिभावकहरूलाई सहज रूपमा भेटेर संवाद गर्न सकिने विश्वास गरिएको छ।

गाउँपालिकाले अभियानलाई प्रभावकारी बनाउन परम्परागत भाषणमुखी शैलीलाई परिवर्तन गर्दै संगीत र मनोरञ्जनात्मक कार्यक्रमहरू मार्फत शिक्षा सम्बन्धी सन्देश प्रवाह गरिने नीति अपनाएको छ ।

यसले अभिभावकहरूमा चासो र उत्साह जगाउने विश्वास लिइएको छ । हाल एक वडाबाट सुरु भएको यो अभियानलाई क्रमशः सम्पूर्ण गाउँपालिकामा विस्तार गर्ने योजना बनाएको छ ।

गाउँपालिका अध्यक्ष थपलियाले भन्नुभयो, “हामी शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन चाहन्छौं। शिक्षा विकास भयो भने अरू सबै क्षेत्रमा पनि स्वतः विकास सम्भव हुन्छ ।” उहाँले गाउँपालिकाको कुल बजेटमध्ये ३३ प्रतिशत हिस्सा शिक्षा क्षेत्रमा लगानी गरिएको समेत जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • उदाउँदो सूर्यलाई अर्घ्य  दिइयो

    उदाउँदो सूर्यलाई अर्घ्य दिइयो

  • टक बहादुर रुवालीको समन्वयमा सल्यानटारमा ८ वटा रिचार्जेबल ह्विलचियर वितरण गरिदै, क–कसले पाउनेछन् ह्विलचियर ?

    टक बहादुर रुवालीको समन्वयमा सल्यानटारमा ८ वटा रिचार्जेबल ह्विलचियर वितरण गरिदै, क–कसले पाउनेछन् ह्विलचियर ?

  • लाङ्घाली बहुउद्देश्यीय सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा धादिङबेसीमा सम्पन्न

    लाङ्घाली बहुउद्देश्यीय सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा धादिङबेसीमा सम्पन्न

  • सुनको मूल्य तोलाको दुई हजार घट्यो

    सुनको मूल्य तोलाको दुई हजार घट्यो

  • समाचार
    उदाउँदो सूर्यलाई अर्घ्य  दिइयो

    उदाउँदो सूर्यलाई अर्घ्य दिइयो

    टक बहादुर रुवालीको समन्वयमा सल्यानटारमा ८ वटा रिचार्जेबल ह्विलचियर वितरण गरिदै, क–कसले पाउनेछन् ह्विलचियर ?

    टक बहादुर रुवालीको समन्वयमा सल्यानटारमा ८ वटा रिचार्जेबल ह्विलचियर वितरण गरिदै, क–कसले पाउनेछन् ह्विलचियर ?

    लाङ्घाली बहुउद्देश्यीय सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा धादिङबेसीमा सम्पन्न

    लाङ्घाली बहुउद्देश्यीय सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा धादिङबेसीमा सम्पन्न

    सुनको मूल्य तोलाको दुई हजार घट्यो

    सुनको मूल्य तोलाको दुई हजार घट्यो

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0