धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन
धादिङबेशी,७ जेष्ठ । सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि दुई पुनर्ताजगी तालिम धादिङबेशीमा आजबाट सुरु भएको छ । तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङको आयोजना तथा क्यूर ब्लाईण्डनेस प्रोजेक्टको सहयोगमा दुई दिने पुनर्ताजगी तालिम सुरु भएको हो । आँखामा हुने समस्या कम गर्ने उदेश्यले सामुदाaयिक स्वास्थ्य स्वयंमसेविकालाई तालिम प्रदान गरीएको क्यूर ब्लाईन्डनेस प्रोजेक्टका मास्टर ट्रेनर बिमल पौड्यालले जानकारी दिनुभयो ।
तालिममा कर्नियामा फुलो परि हुने अन्धोपन रोकथामको उपाय, अन्धोपनका समस्या र यसका समाधान बारे थप उपचार गर्ने, समयमै अन्धोपन निवारणका लागि आवश्यक पर्ने प्रचार प्रसार बारे जानकारी गराइएको थियो । आँखाको प्राथमिक उपचार नपाएर आँखाको ज्योली नै गुम्ने तथा गम्भीर अवस्थामा अस्पताल पुग्ने दरलाई कम गर्ने र कर्नियामा हुने चोटपटकलाई निवारण गर्नको लागि तालिम संचालन गरिएको पौडेलले बताउनुभयो । तिलगंगा आँखा प्रतिष्ठान धादिङले बिगतदेखि नै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई ६/६ महिनामा आँखा सम्बन्धि प्राथमिक उपचार तालिम प्रदान गर्दै आएको छ ।
नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको परियोजना अधिकृत हस्त राईको अध्यक्षतामा सुरु भएको तालिममा धादिङ अस्पतालका अस्पताल निर्देशक डा. गगन अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । नेपाल रेडक्रस सोसाईटी धादिङका सभापती दुर्लभ तामाङको बिशेष आतिथ्यता तथा नीलकण्ठ नगरपालिकाका बरिष्ठ जनस्वास्थ्य अधिकृत बिष्णु प्रसाद रिजाल लगायतको आतिथ्यता रहेको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |