निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङ, ०६ जेठ ।
धादिङ अस्पतालमा ईन्डोस्कोपी सेवा सुरु भएको छ। काठमाडौँ मेडिकल कलेजमा कार्यरत विशेषज्ञ चिकित्सक डा. रोमी दाहालको उपस्थितिमा सेवा औपचारिक रूपमा सुरु गरिएको धादिङ अस्प्तालका निर्देशक डा. गगन अधिकारीले बताउनुभयो ।
अधिकारीका अनुसार सेवा प्रारम्भको पहिलो दिन ४ जनाको ईन्डोस्कोपी परीक्षण गरिएको छ। अस्पतालले आवश्यकताअनुसार दैनिक रूपमा सेवा सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।
पेटमा ग्यास्ट्रिक, अल्सर, घाउ वा सुजनजस्ता समस्या पत्ता लगाउन ईन्डोस्कोपी एक प्रभावकारी विधि मानिन्छ । विशेषज्ञ चिकित्सक डा. दाहालका अनुसार ईन्डोस्कोपीको माध्यमबाट समयमा नै पेटसम्बन्धी समस्याहरू पत्ता लगाउन सकिने भएकाले उपचारमा सहजता हुन्छ । साथै यस्ता समस्याबाट जोगिन खानपानमा विशेष ध्यान दिनुपर्ने पनि उहाँले सुझाव दिनुभएको छ ।
धादिङमै यस्तो सेवा सुरु भएपछि सेवाग्राहीहरू उत्साहित भएका छन्। बाहिरका सहरहरू धाउनुपर्ने बाध्यता हटेका कारण समय र पैसाको दुबै बचत हुने सेवाग्राहीहरूको भनाइ छ । “आफ्नै जिल्लामै यस्तो सुविधा उपलब्ध हुनु खुशीको कुरा हो,“ कुमार श्रेष्ठले भन्नुभयो ।
धादिङ अस्पतालले यो सेवा विस्तारसँगै जिल्लावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने दिशामा थप योगदान पु¥याउने अपेक्षा गरिएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |