निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङ,०५ जेठ ।
गंगाजमुना गाउँपालिकामा शैक्षिक क्षेत्रको सुधार र विकासका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति धादिङको आयोजनामा आयोजित उक्त कार्यक्रममा स्थानीय शैक्षिक अवस्था, चुनौतीहरू र सम्भावनाहरूबारे गहन छलफल गरिएको थियो ।

कार्यक्रमका बारेमा जानकारी दिँदै जिल्ला समन्वय अधिकारी रामश्राय यादवले शैक्षिक क्षेत्रमा भएका राम्रा अभ्यासलाई प्रवद्र्धन गर्दै अरुलाई समेत सिकाउने उद्देश्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय चुनौतीहरू अझै पनि छन् । ती हटाउन सकियो भने शैक्षिक क्षेत्रमा ठूलो अवसर सिर्जना गर्न सकिन्छ ।” कार्यक्रमको मूल उद्देश्य कानुनी र नीतिगत प्रावधानहरूको जानकारी दिनु, विद्यमान समस्या र कमजोरीहरू पहिचान गर्नु तथा सुधारका उपायहरूमा केन्द्रित हुनु रहेको अधिकारीले स्पष्ट पार्नुभयो ।
समन्वय प्रमुख नवराज अधिकारीले शैक्षिक क्षेत्रमा के कस्ता राम्रा अभ्यासहरू भइरहेका छन्, चुनौतीहरू के–के छन्, र सम्भावना तथा समाधानहरू के हुन सक्छन् भन्ने विषयमा सरोकारवालाबीच खुला अन्तरक्रिया गरिएको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा गंगाजमुना गाउँपालिकाको वर्तमान शैक्षिक अवस्थाको समिक्षा गरिएको थियो । सहभागीहरूले सुधारका उपायहरूबारे खुलेर विचार विमर्श गरेका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको अध्यक्षता र गंगाजमुना गाउँपालिका अध्यक्ष भक्तबहादुर लामाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडा, प्रमुख प्रशासकीय अधिकृत सन्जय बहादुर स्याङतान, जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |