धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ,०५ जेठ ।
गंगाजमुना गाउँपालिकामा शैक्षिक क्षेत्रको सुधार र विकासका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति धादिङको आयोजनामा आयोजित उक्त कार्यक्रममा स्थानीय शैक्षिक अवस्था, चुनौतीहरू र सम्भावनाहरूबारे गहन छलफल गरिएको थियो ।
कार्यक्रमका बारेमा जानकारी दिँदै जिल्ला समन्वय अधिकारी रामश्राय यादवले शैक्षिक क्षेत्रमा भएका राम्रा अभ्यासलाई प्रवद्र्धन गर्दै अरुलाई समेत सिकाउने उद्देश्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय चुनौतीहरू अझै पनि छन् । ती हटाउन सकियो भने शैक्षिक क्षेत्रमा ठूलो अवसर सिर्जना गर्न सकिन्छ ।” कार्यक्रमको मूल उद्देश्य कानुनी र नीतिगत प्रावधानहरूको जानकारी दिनु, विद्यमान समस्या र कमजोरीहरू पहिचान गर्नु तथा सुधारका उपायहरूमा केन्द्रित हुनु रहेको अधिकारीले स्पष्ट पार्नुभयो ।
समन्वय प्रमुख नवराज अधिकारीले शैक्षिक क्षेत्रमा के कस्ता राम्रा अभ्यासहरू भइरहेका छन्, चुनौतीहरू के–के छन्, र सम्भावना तथा समाधानहरू के हुन सक्छन् भन्ने विषयमा सरोकारवालाबीच खुला अन्तरक्रिया गरिएको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा गंगाजमुना गाउँपालिकाको वर्तमान शैक्षिक अवस्थाको समिक्षा गरिएको थियो । सहभागीहरूले सुधारका उपायहरूबारे खुलेर विचार विमर्श गरेका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको अध्यक्षता र गंगाजमुना गाउँपालिका अध्यक्ष भक्तबहादुर लामाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडा, प्रमुख प्रशासकीय अधिकृत सन्जय बहादुर स्याङतान, जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |