प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङबेशी,४ जेष्ठ । सिद्धलेक गाउँपालिका वडा नं ७ पिपलटारस्थित श्री महाकाली माध्यमिक विद्यालयमा आयोजित एकदिने निःशुल्क प्रजनन स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । सिद्धलेक गाउँपालिकाको आयोजनामा र धादिङ अस्पताल धादिङको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा महिलाहरूको प्रजनन स्वास्थ्य सम्बन्धी विभिन्न परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो ।
२०८२ साल जेठ ३ गते सम्पन्न शिविरको उद्घाटन सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडा ज्युको प्रमुख आतिथ्यतामा र वडा नं ७ का वडाध्यक्ष सानो गिरि ज्युको अध्यक्षतामा गरिएको थियो । कार्यक्रमको शुभारम्भ १०४ वर्षीया वयोवृद्ध जानुका देवी रिमालको रक्तचाप परीक्षण गरेर गरियो ।
स्वास्थ्य शिविरमा जम्मा २०२ जना महिलाको स्वास्थ्य परीक्षण गरियो । जसमध्ये १३० जनाको (VIA) परीक्षण गरिएको थियो, जहाँ १ जनामा रियाक्टिभ पोजेटिभ नतिजा देखिएको छ । त्यस्तै, १३ जनामा आङ खस्ने समस्या, २ जनामा पिसाब चुहिने समस्या, र ७ जनामा पाठेघरसम्बन्धी अन्य समस्या देखिएको थियो । जटिल समस्या देखिएका बिरामीहरूलाई थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य शिविरमार्फत स्तन क्यान्सर परीक्षण, पाठेघरको मुखको क्यान्सर पहिचान, आङ खस्ने समस्या र पिसाब चुहिने समस्याको पहिचान एवं रिङ प्रेसरी राख्ने उपचार सेवा पनि प्रदान गरिएको थियो ।
स्थानीय सरकारको पहलमा आयोजित यस प्रकारको शिविरले ग्रामीण भेगका महिलाहरूको स्वास्थ्य सचेतना अभिवृद्धि र समयमै रोग पहिचानमा सहयोग पुग्ने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |