धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन
धादिङ, जेठ ३ – ज्वालामूखी गाउँपालिका, धादिङको आयोजनामा आज ज्वालामूखी–७ स्थित स्थानपति आधारभूत विद्यालयमा सम्पन्न निशुल्क बृहत् विशेषज्ञ स्वास्थ्य शिविरमा ५६८ जनाले सेवा लिएका छन्।
शिविर रोटरी क्लब अफ नारायणी मिड टाउन, रोट्र्याक्ट क्लब अफ नारायणी मिड टाउन, तथा एभरेष्ट हस्पिटलको प्राविधिक सहयोगमा आयोजित गरिएको थियो। स्थानीयबासीको उल्लेखनीय उपस्थिति रहेको शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूले सातवटा सेवाका माध्यमबाट उपचार तथा परामर्श सेवा प्रदान गरेका थिए।
शिविरमा प्रदान गरिएका सेवाको विवरण निम्नानुसार छ:
जनरल फिजिसियन सेवा : १६९ जना
हाडजोर्नी तथा नसा रोग सेवा : १५४ जना
आँखा जाँच : १२६ जना
दन्त सेवा : ४५ जना
बाल रोग सेवा : ६ जना
छाला रोग सेवा : २७ जना
महिला रोग सेवा : ४१ जना
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीयबासी तथा साझेदार संस्थाहरूलाई आयोजकले हार्दिक धन्यवाद ज्ञापन गरेको छ। गाउँपालिका अध्यक्ष यमनाथ दनैले ग्रामीण क्षेत्रमा रहेका आम नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले विशेषगरी अशक्त तथा स्वास्थ्य सेवा लिन टाढा जान नसक्ने नागरिकहरूलाई लक्षित गर्दै स्वास्थ्य सेवा घरदैलोमै पु¥याउने अभियानस्वरूप यो कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।
आगामी आर्थिक वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष दनैले बताउनुभएको छ । गाउँपालिकाले यसअघि वडा नं २ मा विषेशज्ञ स्वास्थ्य शिविर संचालन गरेको थियो । उक्त शिविरबाट एक हजार चालिस जनाले सेवा लिएका थिए।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |