धादिङ,२० बैशाख
नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड खण्ड आउँदो वैशाख २२ गतेदेखि आंशिक बन्द हुने भएको छ । बैशाख २२ गतेदेखी १० दिन सम्मको लागि आंशिकरुपमा बन्द हुने भएको हो ।मर्मतका लागि वैशाख मसान्तसम्म १० दिन राति ११ देखि बिहान ३ बजेसम्म गाडी चलाउन रोकिने नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।
काठमाण्डौबाट छुटेका गाडीलाई नागढुङ्गा चेकपोस्टमा तथा काठमाण्डौ भित्रिनेलाई खत्रीपौवा पुलमा रोकिने सूचनामा उल्लेख छ । रोकिएका गाडीलाई बिहान ३ बजेपछि मात्रै जान दिइनेछ । सडक खण्ड बन्द हुँदा साना तथा मझौला गाडीका लागि वैकल्पिक मार्गको समेत व्यवस्था गरिएको छ ।यो बेला सितापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडक तथा सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न भनिएको छ ।
फोटोः फाईल फोटो
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |