नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङबेशी,१९ बैशाख । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका १ स्थित तिप्लिङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बि ओपी) स्थापना गरिएको छ । सीमा सुरक्षा चौकीको शुक्रबार गृह मन्त्री रमेश लेखक र कृषि तथा पशु पन्छी विकास मन्त्री रामनाथ अधिकारीले संयुक्त रूपमा सुरक्षा बलको उद्घाटन गर्नु भएको हो ।
सो समारोहमा सम्बोधनको क्रममा गृह मन्त्री लेखकले सीमा सुरक्षा बल चौकी स्थापना पछि चीनको तिब्बत र धादिङको सिमानाबाट हुने अबैध गतिविधि बन्द हुनुका साथै समग्र उत्तरी धादिङको शान्ति सुरक्षा कायम गर्न सहज हुने बताउनु भयो ।
सोहि अवसरमा कृषि तथा पशुपन्क्षी बिकास मन्त्री रामनाथ अधिकारीले उक्त क्षेत्र विकासमा पनि सशस्त्र प्रहरी बलले निकै सहयोग गर्ने र आफूले उत्तरी धादिङको तिप्लीङ्गसम्म जोड्ने सडक स्तरउन्नतकिा लागी पहल गरिरहेको बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा सचिव गोकर्णमणि दुवाडीले सशस्त्र प्रहरीले सीमा सुरक्षाका साथै जिल्लाको शान्ति सुरक्षाका कायम गर्न निकै ठुलो भूमिका रहने भन्दै सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी स्थापना पछि उत्तरी धादिङको समग्र शान्ति सुरक्षा कायम हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिह तामाङ, उपाध्यक्ष फे लामा तामाङ लगायतको उपस्थिति रहेको थियो

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |