साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ,१२ बैशाख ।
धादिङको रुवीभ्याली गाउँपालिका–४ बोराङका ५० वर्षीय सुक बहादुर तामाङ मृत अवस्थामा फेला परेका छन् । उनी नीलकण्ठ नगरपालिका–४ रायटार प्लटिङ क्षेत्रको नालीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
तामाङको शव प्लटिङ क्षेत्रबाट आँपखोलातर्फ जाने सडकको नालीमा लडेको अवस्थामा फेला परेको हो । मृतकको परिवार केही समयदेखि उक्त प्लटिङ क्षेत्रनजिकै बस्दै आएको बताइएको छ ।
स्थानीयहरुले दिएको जानकारी अनुसार, तामाङ भेटिएको स्थानमा हिजो राति युवाहरुबीच होहल्ला र सामान्य झगडा भएको थियो।
हाल घटनास्थललाई प्रहरीद्वारा शिल गरेर थप अनुसन्धान भइरहेको छ । शव उठाइसकिएको र मृत्युको कारण खुलाउन थप अनुसन्धान गरिरहेकोे प्रहरीले जनाएको छ ।
तस्विर : नेपाल पथ

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |