प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ,१९ चैत
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा तीन महिने प्लम्बिङ तालिम सम्पन्न भएको छ । बागमती प्रदेश समाजिक विकास मन्त्रालय सामाजिक विकास कार्यालय गजुरीको आयोजना र वडा नम्बर ८ का समन्वयमा जारी तालिम एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।
।उद्यमशिलता,रोजगारी र आयआर्जनको दायरालाई फराकिलो बनाई जीवनस्तर समृद्ध पारौ भन्ने उदेश्यको साथ तालिम सन्चालन गरीएको नीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बागमती प्रदेश समाजिक विकास मन्त्रालय सामाजिक विकास कार्यालय गजुरीको तालिम संयोजक नवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रवक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठलेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा आदिवासी जनजाती महासंघका केन्द्रिय सदस्य ठाकुर कुमाल, रामकोट बृहत जलउपभोक्ता संस्थाका अध्यक्ष कृष्ण प्रसाद कोईराला र अनन्त आशा नेपालका फिल्ड सुपरभाईजर यस कुमार प्रजा लगायतको आतिथ्यता रहेको थियो । अनन्त आशा नेपालको आरोहण शिक्षालयमा सन्चालन भएकोे तालिममा १५ जनाको सहभागिता रहेको थियो । तालिमको सहजिकरण किसन नेपालीले गर्नुभएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |