नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,चैत १८
नीलकण्ठ नगरपालिका वडा नं ७ हिटी स्थित वार्ड कार्यालय परिसरमा एकिकृत घुम्ती शिविर संचालन हुने भएको छ। नगरपालिकाको आयोजनामा मंगलबार एकिकृत घुम्ती शिविर हुने भएको ।नगरपालिकाको सेवासँगै विभिन्न स्वास्थ्य तथा प्रशासनिक सेवाहरू समेत प्रदान गरिने उक्त शिविरमा स्थानीयवासीलाई सेवा लिन नगरपालिकाले अनुरोध गरेको छ।
शिविरमार्फत स्वास्थ्य सेवा अन्तर्गत चिकित्सक परामर्श, स्वास्थ्य परीक्षण, औषधि वितरण, २० वर्षमाथिका महिलाहरूका लागि भिआईए परीक्षण, रक्तचाप तथा मधुमेह परीक्षण, आयुर्वेद सेवा, आँखा परीक्षण, खकार संकलन, परिक्षण तथा परामर्श प्रदान गरिनेछ।
साथै, पशु सेवाहरू अन्तर्गत गाईवस्तुको गोवर परिक्षण, परजीवी औषधि वितरण, कुकुरको एन्टिरेबिज भ्याक्सिनेसन, पशु चिकित्सकबाट पशुपन्छीको उपचार तथा परामर्श, पशु बन्ध्याकरण सेवा उपलब्ध गराइनेछ।
त्यसैगरी, जेष्ठ नागरीक तथा अपाङ्गता परिचयपत्र वितरण, कृषक परामर्श सेवा, सामाजिक सुरक्षा तथा पन्जीकरण लगायतका सेवा प्रदान गरिनेछन्। साथै, रोजगार तथा कानूनी परामर्श सेवा पनि उपलब्ध हुने नगरपालिकाले जनाएको छ।
शिविर बिहान १०ः०० बजे बाट सुरु हुने छ।नगरपालिकाले स्थानीयवासीलाई यो अवसरको अधिकतम लाभ लिन अनुरोध गरेको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |