Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ २७, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठननेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यासनीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

बेनीघाट रोराङ गाउँपालिकामा महिलाका हक र अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम

४९४ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन २२, बिहिबार (११ महिना अघि)
बेनीघाट रोराङ गाउँपालिकामा महिलाका हक र अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम

धादिङ, २२ फागुन ।
बेनीघाट रोराङ गाउँपालिकाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२५ को पूर्व सन्ध्यामा पालिकासँग महिलाका कुरा विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । महिला दिदिबहिनीका गुनासो र सफलताका कथा सुन्ने, समस्या पहिचान गर्ने र समाधान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा महिला श्रमिकहरूको हक, अधिकार, अवसर र स्थानीय तहसँगको सम्बन्धबारे छलफल गरिएको छ । महिला दिदिबहिनीले आफुले भोगेका भोगाई, चढ्दै गरेका सफलताका सिँढीका कुरा र पालिकाले पुर्याएको योगदानको चर्चा गरेका छन् ।

महिला दिदिबहिनीहरूले उनीहरू समाजमा महत्त्वपूर्ण स्थान नपाउने, घरको चारदीवारीमा सीमित रहनुपर्ने, र सार्वजनिक जीवनमा कमजोर मानिने । तर अब समय परिवर्तन भएको छ र महिलाहरू अब समाज परिवर्तनका संवाहक बनेको उल्लेख गरेका छन् ।

कार्यक्रममा एक विद्यार्थी छात्राले आफ्नो जीवनका कठिन पलहरू साझा गर्दै भनिन्, “मैले बोल्न पाएको छु, मेरो आवाजलाई अब सुन्न सकिन्छ। यो परिवर्तन हो।“ उनले आफ्नो आमाको पिडाको कथा सुनाउँदै भनिन् कि, यस्ता भोगाइहरूले देशमा परिवर्तन ल्याएको छ।

कार्यक्रमका प्रमुख अतिथि, बागमती प्रदेश सभाका पूर्व सांसद कञ्चन खनालले महिलाहरूका संघर्ष र योगदानका बारेमा चर्चा गर्नुभयो । उहाँले महिलाहरूका विद्रोह र बलिदानलाई महत्व दिँदै भन्नुभयो, “महिला दिदिबहिनीहरूको योगदान बिना समाजमा परिवर्तन असम्भव थियो।“ उहाँले अझै महिलाका लागि नेतृत्व र निर्णय गर्ने स्थानमा सुधारको आवश्यकता रहेको औंल्याउनु भयो ।

बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले महिलाका हकमा पालिकाले विशेष योजना बनाएको र महिलाका लागि ठूलो रकम विनियोजन गरेको बताउनुभयो । उहाँले पालिकाको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउने र समाजमा स्थापित गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्न रहेको स्पष्ट पार्नुभयो ।

उपाध्यक्ष टापबहादुर श्रेष्ठले भन्नुभयो, “राजनीतिमा महिलालाई अघि सार्नुपर्ने बेला आएको छ।“ उहाँले आगामी निर्वाचनमा महिलालाई बढी अवसर दिने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरेले महिलाको सफलतामा परिवारको ठूलो भूमिका भएको भन्दै आफ्नो जीवनका सहायकहरूलाई सम्मान अर्पण गर्नुभयो । उहाँले भन्नुभयो, “महिला भएर जन्मिनुमा गर्व छ, र यो सफलतामा साथ दिने सबैलाई सम्मान छ।“

कार्यक्रमका सहभागीहरूले महिलाका हक, अधिकार र सामाजिक चित्रणको सम्बन्धमा साहित्यिक रचनाहरू प्रस्तुत गरे। यस कार्यक्रममा महिलाका मुद्दाहरूलाई प्राथमिकतामा राखेर विभिन्न विचार विमर्श र सुझावहरू प्रस्तुत गरिएका थिए।

बेनीघाट रोराङ गाउँपालिकाको “पालिकासँग महिलाका कुरा“ कार्यक्रमले महिला सशक्तिकरणका लागि महत्वपूर्ण कदम अघि बढाएको छ र समाजमा महिलाको योगदानलाई महत्व दिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

  • धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

  • खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

  • समाचार
    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0