निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङ,०४ फागुन ।
बेनीघाट रोराङ गाउँपालिकाले आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञबाट ५ करोड ८५ लाख रुपैयाँ संकलन भएको छ। “शिक्षाका लागि भिक्षा अभियान“ भन्ने मूल नारासहित माघ १७ गतेदेखि २३ गतेसम्म सञ्चालन गरिएको महायज्ञबाट संकलित रकमको आयव्यय विवरण शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

गाउँपालिकाका लेखा शाखा प्रमुख सन्तोष अर्यालका अनुसार महायज्ञबाट ५ करोड ८५ लाख रुपैयाँ संकलन भएको छ, जसमध्ये ७८ लाख रुपैयाँ महायज्ञ सञ्चालन खर्चमा खर्च गरिएको छ।
गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले देशभरकै नमुना अभियानका रूपमा सञ्चालन गरिएको यस महायज्ञबाट संकलित रकम निःशुल्क शिक्षामा लगानी गरिने जानकारी दिनुभयो। उहाँले यो अभियान विशेष गरी चेपाङ समुदायको शिक्षा उत्थानका लागि सञ्चालन गरिएको बताउँदै, आगामी वर्षहरूमा पनि रकम संकलन अभियान निरन्तर अघि बढाइने उल्लेख गर्नुभयो।
गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले संकलित रकम गरिब, विपन्न तथा चेपाङ समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सहयोगी दाताहरूप्रति आभार व्यक्त गर्दै संकलित रकमका कारण धेरै बालबालिकाले उज्ज्वल भविष्य देख्ने अवसर पाउने बताउनुभयो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्वदा घिमिरेले महायज्ञबाट संकलित रकमले बेनीघाट रोराङ गाउँपालिकाको शैक्षिक क्षेत्रलाई माथि उठाउने उल्लेख गर्नुभयो। साथै, स्थानीयवासी तथा सहयोगी मनहरूले दिएको सहयोगको पूर्ण सदुपयोग गर्दै विश्वस्तरको शिक्षामा लगानी गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |