निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङबेशी । धादिङको नेत्रावती डवजोङ गाउँपालिका कार्य सम्पादन मुल्याङ्कनमा बागमती प्रदेशकै पहिलो र नेपाल भरको तेस्रो स्थानिय तह बन्न सफल भएको छ । स्थानिय सरकारको कार्यसम्पादन गर्न प्रयोग गरिएको सुचकको आधारमा नेत्रावती डवजोङ गाउँपालिका प्रदेशकै उत्कृष्ट पालिका बनेको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगको गरेको १७ वटा सुचकको आधारमा नेत्रावती डवजोङ गाउँपालिकाले ७८.२ नम्बर ल्याई प्रदेशकै पहिलो भएको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत हरेराम शाहले बताउनु भयो । यस अघि नेत्रावती डवजोङ गाउँपालिकाले बेरुजुमा पनि अग्रस्थान हासिल गर्न सफल भएको थियो । अघिल्लो बर्षमा देशभरिका पालिका मध्ये छैटौँ स्थान हासिल गरेको नेत्रावती डवजोङ गाउँपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा ४८.७१ अंक हासिल गरि जिल्लामा प्रथम भई उत्कृष्ट स्थानिय तह बन्न सफल भएको थियो ।
कार्य सम्पादन मुल्याङ्कनमा धादिङका स्थानिय तह
धादिङको १३ वटा स्थानिय तह मध्ये ७८.२ अंक हासिल गरि नेत्रावती डवजोङ गाउँपालिका प्रथम भएको छ । नीलकण्ठ नगरपालिकाले ७६.५ अंक हासिल गरि दोस्रो र बेनिघाट रोराङ गाउँपालिकाले ७४. ४ अंक हासिल गरि तेस्रो बन्न सफल भएको छ । त्यसैगरी गंगाजमुना गाउँपालिकाले ६१.५ अंक हासिल गरि धादिङमा चौथो बन्न सफल भएको छ । कार्य सम्पादनको मुल्याङ्कनमा रुवीभ्याली गाउँपालिकाले ४८.८ अंक मात्रै हासिल गरेर धादिङको सवै भन्दा कमजोर पालिका सावित भएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |