शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला
धादिङ, २९ पुष ।
भारतमा जारी अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै रुवी भ्याली गाउँपालिकाका कराँते खेलाडीहरुले उत्कृष्ट प्रदर्शन सहित गोल्ड मेडल ल्याउन सफल भएका छन् ।
रुवी भ्याली गाउँपालिकाको समन्वय र सहयोगमा दोङदेन मा।वि, च्याम्रादेवी मा।वि र लापा माध्यमिक विद्यालयबाट जम्मा १२ खेलाडी र ३ प्रशिक्षक सहितको १५ जनाको टोली भारत पुगेको थियो ।
खेलाडीहरु प्रनिल घले ३० केजी तौल गोल्ड, विवेक तामाङ ४५ केजी गोल्ड, जोसिला गुरुङ ४० केजी गोल्ड, कृस माया तामाङ ४० केजी गोल्ड, डिलरुपा तामाङ ५० केजी गोल्ड, म्यारि तामाङ काटा डेमो तर्फ गोल्ड, अनिस्का तामाङ ३० केजी कास्य तथा काटा डेमो तर्फ गोल्ड, प्रकति तामाङ ३५ केजी गोल्ड, प्रशान्त तामाङ ५० केजी कास्य र विशाल तामाङले ५० केजी तर्फ ब्रोन्ज मेडल प्राप्त गरेका छन् ।
अन्तर्राष्ट्रियस्तरमा आएर खेलाडीहरुले खेलेको कराँते प्रतियोगिताले देशको सान बढाउनुका साथै खेलाडीहरुको हौसला बढनु र नयाँ अनुभव लिन ठुलो महत्व भुमिका खेलेको प्रशिक्षक ओमो तामाङले बताए ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |