Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ २९, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यासनीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठननेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

डा अर्यालको पहलमा धादिङ अस्पताललाई ल्याप्रोस्कोपी टावर मेसिन उपलब्ध

५७८ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष ५, शुक्रबार (१ साल अघि)
डा अर्यालको पहलमा धादिङ अस्पताललाई ल्याप्रोस्कोपी टावर मेसिन उपलब्ध

धादिङ जिल्ला सिद्दलेक गाउँपालिका आरुबास टोल साविक सलाङ गाउँ विकास समितिमा जन्मिएका डा कमलराज अर्यालको विशेष पहलमा धादिङ अस्पतालमा ल्याप्रोस्कोपी टावर मेसिन प्राप्त भएको छ । करिब ८० लाख रुपैयाँ मूल्य पर्ने यो टावरको प्रयोग गरी शल्यक्रिया गर्दा बिरामीहरूको उपचार प्रक्रिया छोटो हुन गई छिटो आफ्नो काममा फर्किन सहज हुने कुरा धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा गगन अधिकारीले जानकारी दिनुभयो ।

परम्परागत शल्यक्रिया पद्धतिमा पेटमा ठूलो चिरा लगाएर शल्यक्रिया गर्दा निको हुन धेरै समय लाग्ने हुन्छ । तर, साना चिरा लगाएर की–होल सर्जरी गर्न सकिने हो भने बिरामी छिटो निको भई काममा फर्किन सक्छन् । त्यसको लागि यो ल्यापोरोस्कोपिक टावरको प्रयोग गरी शल्यक्रिया गर्नुपर्ने हुन्छ । यो महत्वपूर्ण मेसिन प्राप्त भएसँगै अब एक महिनाभित्र ल्यापारोस्कोपिक टावरको प्रयोग गरी धादिङ अस्पतालमा शल्यक्रिया शुरु हुने कुरा डाअधिकारीले बताउनुभयो ।

हाल जेम्स पागेट विश्वविद्यालय अस्पतालमा कन्सल्टेन्ट सर्जनको रूपमा कार्यरत तथा पूर्वी इङ्गल्याण्ड विश्वविद्यालयको एसोसिएट प्रोफेसर र नेपालिज डक्टर्स एसोसिएसन युकेका पूर्व अध्यक्ष समेत रहेकाडा। अर्यालले आफ्नो गृहजिल्लालाई सानै भएपनि यो सहयोग गर्न पाउँदा खुसी महसूस भएको प्रतिक्रिया दिनुभएको छ।

कोभिड माहामारीको समयमा पनि धादिङ अस्पताललाई दुईवटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका डा। अर्यालले यो महत्वपूर्ण टावर धादिङ अस्पताललाई उपलब्ध गराउन डा। जेरेमी वार्ड र हेल्थ एक्सचेन्ज नेपाल यूके संस्थाले सहजीकरण तथा व्यवस्थापन गरेको बताउनुभयो ।

ल्यापारोस्कोपिक टावरको प्रयोग विभिन्न प्रकारका आधुनिक सर्जरीहरूमा गरिन्छ । यसको मुख्य उपयोगहरू निम्न छन्(

साना चिराहरूबाट सर्जरी की(होल सर्जरी परम्परागत रूपमा ठूलो चिरा लगाएर गरिने सर्जरीलाई यसले साना चिराहरूबाट गर्न सहयोग गर्छ ।

सटीक सर्जरी यसले उच्च रिजोल्युसन भएको क्यामेराको मद्दतले सर्जरीको क्षेत्रलाई ठूलो रूपमा देखाउँछ, जसले सटीकता र प्रभावकारिता बढाउँछ ।

निको हुने समय छोटो साना चिराहरूका कारण बिरामी छिटो निको हुन्छन्, कम पीडा हुन्छ, र अस्पतालमा बसाइको समय पनि छोटो हुन्छ ।

जाँच र उपचार पेट, पाठेघर, पित्तथैली, आपेंडिक्स, आन्द्रा, र अन्य अंगहरूको जाँच र उपचार गर्न यसलाई प्रयोग गरिन्छ ।

ग्रामीण क्षेत्रका बिरामीका लागि सहजर ग्रामीण क्षेत्रमा काम गर्ने बिरामीहरूलाई छिटो सर्जरी र निको हुने सुविधा उपलब्ध गराउँछ, जसले उनीहरूलाई आफ्नो काममा छिटो फर्कन मद्दत गर्दछ ।

कम रगत बग्ने सर्जरी यसले सर्जरी गर्दा कम रगत बग्ने बनाउँछ, जसले बिरामीको स्वास्थ्य सुधार गर्न सहयोग गर्छ ।

यसरी, ल्यापारोस्कोपिक टावरको प्रयोगले ग्रामीण र दुर्गम क्षेत्रका अस्पतालहरूमा पनि गुणस्तरीय सर्जरी सेवा उपलब्ध गराउन र विरामीहरुलाई छिटो निको भइ आफ्नो काममा फर्कन महत्त्वपूर्ण भूमिका खेल्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

  • धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

  • खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

  • समाचार
    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0