Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ २९, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यासनीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठननेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

सिद्धलेक गाउँपालिकाद्धारा पहिलो पटक एकीकृत घुम्ती शिविर संचालन, ४ सय ६५ जनाले सेवा लिए

८०३ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर १९, बुधबार (१ साल अघि)
सिद्धलेक गाउँपालिकाद्धारा पहिलो पटक एकीकृत घुम्ती शिविर संचालन, ४ सय ६५ जनाले सेवा लिए

धादिङ,१९ मंसिर ।

अस्मिता पोखरेल

सिद्धलेक गाउँपालिकाले पहिलो पटक एकीकृत घुम्ती शिविर संचालन गरेको छ । मंगलबार सिद्धलेक गाउँपालिका–२ खिर्रे स्थित नलाङ पात्ले मा.विमा घुम्ती शिविर संचालन गरेको हो ।

गाउँपालिकाले वडा नं १, २ र ३ का स्थानीयवासीलाई लक्षित गर्दै विभिन्न सरकारी सेवा र सुविधाहरू एकै स्थानबाट उपलब्ध गराएको हो । नागरिकलाई घर दैलोमै आवश्यक सेवा पु¥याउने, समय र खर्च बचत गर्दै स्थानीय तहको सेवामा पहुँच वृद्धि गर्ने तथा समुदायमा जनचेतना फैलाउने उद्धेश्यका साथ घुम्ती शिविर संचालन गरिएको गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष खतिवडाले  यस प्रकारका कार्यक्रमले जनताको समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै भविष्यमा पनि यस्ता शिविरलाई निरन्तरता दिने योजना रहेको जानकारी दिनुभयो । यस शिविरले दुर्गम क्षेत्रका नागरिकलाई सेवा प्राप्तिमा सहजता पु¥याउँदै स्थानीय तह र जनताको सम्बन्धलाई अझ बलियो बनाएको अध्यक्ष खतिवडाको भनाइ छ ।

पालिका सम्म धाउनुपर्ने बाध्यता कम गर्नको लागि गाउँ स्तरमै एकिकृत घुम्ती शिविर सन्चालन गरीएको उपाध्यक्ष सविता अर्यालले जानकारी दिनुभयो । पालिकाबाट प्रभावकारी रुपमा सेवा दिनु पर्छ र नागरीकहरुले लिनु पनि पर्छ भन्ने उद्धेश्यका साथ पहिलो पटक शिविर संचालन गरिएको उपाध्यक्ष अर्यालको भनाइ छ ।

पालिका र वडाबाट प्रवाह हुने सम्पुर्ण सेवाहरु १, २ र ३ नम्बर वडाका नागरीकहरुलाई एकै ठाउँमा संचालन गरिएको वडा नं २ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक शम्भु गुरुङ (सागर) ले बताउनुभएको छ । अहिले सुरुवातको रपमा संचालन गरिएको शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभएको छ ।

शिविरमा स्वास्थ्य जाँच, औषधि वितरण, मातृ तथा बाल स्वास्थ्य परामर्श, कोभिड खोप, अपाङगता परिचय पत्र वितरण, जेष्ठ नागरिक कार्ड वितरण, सिफारिस, कृषक समुह नविकरण तथा कृषक समुह दर्ता लगायतका सेवाहरु प्रदान गरिएको थियो ।

त्यसैगरी कृषि र पशुपालनसँग सम्बन्धित परामर्श, रोग नियन्त्रणका उपाय र आधुनिक खेती प्रणालीबारे जानकारी दिने सेवाहरूले पनि शिविरमा आकर्षण थपेका थिए ।

शिविरबाट ४ सय ६५ जनाले सेवा लिएको सुचना प्रविधि अधिकृत राम कुमार अधिकारीले जानकारी दिनुभयो । शिविरमा पशु शाखाबाट ११२ जना, कृषि शाखाबाट ६१ जना, स्वास्थ्य शाखाबाट १६५ जनाले स्वास्थ्य परिक्षण गराएका छन् भने १०५ जना कोभिड खोप लगाएका छन् । त्यसैगरी ४ जनालाई अपाङगता परिचय पत्र, १ जनालाइ जेष्ठ नागरिक कार्ड वितरण गरिएको छ । अधिकारीका अनुसार वडा नं २ का १२ जनाले सिफारि र वडा नं २ का ५ जनाले कृषक समुह नविकरण तथा कृषक समुह दर्ता गराएका छन् ।

शिविरमा नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। गाउँपालिकाले वडा स्तरमै संचालन गरेको यस शिविरले सेवा लिन सहज भएको स्थानियहरुको भनाइ छ । यस्ता शिविरले समुदायलाई प्रत्यक्ष फाइदा पु¥याउने भन्दै आगामी दिनहरुमा पनि आयोजना गर्नुपर्ने स्थानियहरुले माग गरेका छन्।

May be an image of 6 people and text

May be an image of 4 people, people studying and text

May be an image of 2 people and text

May be an image of 7 people and text

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

  • धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

  • खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

  • समाचार
    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0