प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङबेशी । धादिङ जिल्लाका क्रियाशिल पत्रकार नारायण सिलवाल राष्ट्रिय फोटो पत्रकार समूहको केन्द्रिय उपाध्यक्षमा निर्वाचित हुनु भएको छ ।
यहि कार्तिक २४ गते काठमाडौमा सम्पन्न २७ औं साधारण सभा तथा १३ औं अधिबेशनबाट उहाँ केन्द्रिय उपाध्यक्षमा निर्वाचित हुनु भएको हो ।२०६१ सालमा आँखु सन्देशबाट पत्रकारिता सुरु गरेका सिलवालले २०६४–०६९ सम्म जनमुक्तिमार्ग साप्ताहिक, २०६५–०६६ गोरखापत्र दैनिक, २०६६–०७३ रेडियो बिहानी र २०७३ देखि धादिङपोष्टको प्रधान सम्पादकका रुपमा कार्यरत हुनुहुन्छ ।
२०७३ मा राष्ट्रिय फोटो पत्रकार समूहको सदस्यका लिनुभएका उहाँले २०७४ सालमा फोटो पत्रकार संघ धादिङको अध्यक्ष बन्नु भयो।
०७६ साल भदौमा राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेशको अध्यक्ष बन्नु भएका सिलवाल ०७८ र २०८० मा पुन बागमती प्रदेशको अध्यक्ष भई काम गरिसक्नु भएको छ । हाल प्रदेशको कार्यकाल नसकिँदै केन्द्रिय अधिबेशनबाट केन्द्रिय उपाध्यक्ष निर्वाचित हुनु भएको हो ।
राष्ट्रिय फोटो पत्रकार समूह अधिबेशनबाट केन्द्रिय अध्यक्षमा पुन: प्रदिपराज वन्त, वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ (सागर), महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री (भगवती), उपाध्यक्षद्वय नारायण सिलवाल र सुनील शर्मा, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन हुनु भएको छ ।
केन्द्रीय सदस्यमा सुशील कुमार श्रेष्ठ, मुकुन्द कालीकोटे, रमिता छुँजु, हरिश सिंह नगाल, दिपेन्द्र महर्जन, अनुप प्रधान र सागर बस्नेत चयन हुनु भएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |