धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ, २० कात्तिक ।
धादिङको पर्यटकिय तथा धार्मिक गन्तव्य ऐतिहासिक गंगाजमुना माई मेला यही कात्र्तिक २६ गते लाग्ने भएको छ ।
हरिबोधनी एकादशीको अवसरमा आयोजना गरिएको मेलालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि आवश्यक तयारीको कार्य अघि बढाइएको गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का अध्यक्ष कुमार बहादुर अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकाले यस मेलालाई सफल बनाउन विभिन्न कार्यक्रम र व्यवस्थापनका कामहरू तयारी गरेको उहाँको भनाइ छ ।
कुमार बहादुर अधिकारी बाइट
मेलाको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम हुने, झाँक्रि नाँच प्रर्दशनी लगायत बिभिन्न राष्ट्रिय, अतराष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने प्रवक्ता अधिकारीले बताउनुभयो ।
बाइट ..
गंगाजमुना माईमा पुजा आजा गरेमा आफ्नो मनोकामना पुरा हुने र माई स्थानमा रहेको कुकर धारामा नुहाए पछि रोग ब्याध नलाग्ने धार्मिक बिश्वास रहेको छ । मेलामा फुलको डोली लैजाने, बत्ति बाल्ने, परेवा उडाउने, बत्ति बाली जागाराम बस्ने, झाक्रीहरुले भाकल स्वरुप रातभरी ढ्याग्रो बजायर तपस्या गर्ने र भोली पल्ट नुहाएर एकादशी ब्रत बस्ने चलन छ ।
गंगाजमुना गाउँपालिका भित्र रहेको कला संस्कृति र परम्पराहरुलाई उजार गर्दै प्रवद्र्धन, संरक्षण पुस्तान्तरण गर्ने मेलाको प्रमुख उद्धेश्य रहेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का अध्यक्ष अधिकारीले बताउनुभयो ।
बाईट ३ ….
मेलाको अवलोकन तथा पुजा आजा गर्न धादिङ, नुवाकोट, गोरखा लगाएत देशका विभिन्न जिल्लाबाट भक्तजनहरुको आउने गर्दछन् । गंगाजमुना गाउँपालिका नामाकरण भएको गंगाजमुना माई स्थान तथा प्रसिद्ध झरनामा बिगत लामो समय देखि मेला तथा सांस्कृतिक कार्यक्रमहरु हुदै आएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |