प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,१६ कार्तिक
अन्तर्राष्ट्रिय धादिङ समाजको प्रवक्तामा सुदीप भूषण अर्याल नियुक्त भएका छन् । ज्वालामुखी गाउँपालिका वडा नं ४, धादिङ निवासी हाल हेलिसिंगी , फिल्याण्डलाई विगत लामो समयदेखि कर्मथलो बनाउँदै अर्याल प्रवक्तामा नियुक्त हुनुभएको हो ।महासचिव बाबुकाजी भण्डारीका अनुसार संस्थाका अध्यक्ष राजन खकुरालले संस्थाको विधानको अधिकार प्रयोग गरेर नियुक्ति गरीएको बताउनुभयो ।
खेलकुद सामाजिक तथा स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान दिदै आउनु भएका सुदीप भूषण अर्याल एनआरएनए आइसीसी सदस्य, एनआरएनए फिनल्यान्डका सल्लाहकार, नेपाल हेलिसिंगी क्रिकेट क्लबका पूर्व अध्यक्ष लगायत विभिन्न संघसंस्थामा आबद्धभई सामाजिक कार्यमा सक्रिय रूपमा हुनुहुन्छ । प्रवक्तामा नियुक्ति भएसँगै अर्यालले अन्तर्राष्ट्रिय धादिङ समाजको गरिमामय उच्च राख्न सक्दो प्रयास गर्ने बताउनुभयो ।अर्याल प्रवक्ता नियुक्ति भएसँगै संस्था अझै बलियो हुने र आफूलगायत सम्पूर्ण कार्यसमितिलाई काम गर्न सहज हुने समाजका अध्यक्ष राजन खकुरालले बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |