प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
धादिङ,१२ कार्तिक
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ लाई पहिलो नमुना सफा तथा स्वच्छ वडा घोषणा गरिएको छ ।आईतबार एक कार्यक्रमको आयोजना गरि नेपाल सरकारका कृषि तथा पशपन्क्षी बिकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा उक्त घोषणा कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य, सरसफाई तथा स्वच्छताको ५ वटा व्यवहार, १५ वटा सूचक र ४५ वटा उपसूचक पूरा गरेर आईतबार नमूना सफा र स्वच्छ वडा घोषणा गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री अधिकारीले आफुले कृषकहरुको हकहितको लागि काम गरीरहेको बताउनुभयो ।ज्वालामुखी गाउँपालिकाले जनमैत्री काम गरीरहेको बतउनुभयो।ज्वालामुखी गाउँपालिका वडा नं ६ को आयोजना, सामुदायिक रूपान्तरण समाज नेपाल,शान्ति नेपाल, ज्वालामूखी गाउँपालिका र ज्वालामूखी ग्रामीण खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डको सहयोग तथा साझेदारीमा कार्यक्रम गरिएको हो ।
खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तरगत २०७६ माघ २९ गते सोही वडाको केही टोल बस्तीबाट धादिङ जिल्लामा नै नमूना सफा र स्वच्छ क्षेत्र घोषणा कार्यक्रम शुरु भएको थियो ।आईतबार ज्वालामुखी गाउँपालिका वडा नं ६ लाई नमूना सफा तथा र स्वच्छ घोषणा गर्दै आर्थिक वर्ष २०८२–०८३ सम्ममा पूरै गाउँपालिका नमूना सफा र स्वच्छ गाउँपालिका घोषणा गरिने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष यमनाथ दनैले बताउनुभयो ।
साथै गत शनिबार वडा नं १ को काफलस्वाँरा, देवीस्थान र अधिकारी गाउँटोललाई पनि नमुना सफा तथा स्वच्छ गाउँ घोषणा गरीसकिएको स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले जानकारी दिनुभयो ।आगामी कार्तिक १४ गते वडा नम्बर ३ स्थितका केहि गाउँलाई पनि नमुना टोल बिकासको रुपमा घोषणा गरिने गाउँपालिकाले जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |