धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
अन्तराष्ट्रिय शहरी सन्जालको सह-अध्यक्षमा नगर प्रमुख भीमप्रसाद ढुंगाना निर्वाचित,नगरको विकासमा टेवा पुग्ने विश्वास
आजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह
धादिङ,०८ कात्तिक ।
डेंगी रोगको नियन्त्रण र रोकथामका लागि धादिङ जिल्लाको बेनीघाट रोराङ र गजुरी गाउँपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । बिहीबार गजुरीको मलेखु टिचिङ हस्पिटलमा डेंगी रोकथाम, नियन्त्रणका साथै लामखुट्टेको लार्भा खोज र नष्टगर अभियान सम्पन्न गरिएको हो ।
कार्यक्रममा डेंगीको कारण, लक्षण, रोकथामका उपायहरू, र समुदाय स्तरमा रोग फैलिन नदिन अपनाउनुपर्ने व्यवहारिक कदमहरूबारे प्रशिक्षण गराइएको जनस्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य निरीक्षक तोयानाथ छत्कुलीले जानकारी दिनुभयो ।
उहाँले डेंगीको प्रमुख कारण लामखुट्टे टोकाइ रहेको बताउँदै सफाइ अभियानलाई निरन्तरता दिनु आवश्यक रहेकोमा जोड दिनुभयो । साथै, लामखुट्टले फुल पार्ने स्थानहरू जस्तै जमेको पानी हटाउने, झुल प्रयोग गर्ने, र व्यक्तिगत सावधानीहरू अपनाउनको लागि सुझाव दिएको छत्कुलीले बताउनुभयो ।
त्यसैगरी गाउँपालिकाका जनप्रीतनिधिहरुले डेंगीको बढ्दो प्रकोपलाई नियन्त्रण गर्न समुदायस्तरमा स्वास्थ्य सचेतना फैलाउने र नियमित रूपमा सफाइ अभियान सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । अभिमुखीकरण कार्यक्रमले समुदायमा डेंगी रोकथामको बारेमा नयाँ ज्ञान र चेतना फैलाउने विश्वास गरिएको जनस्वास्थ्य कार्याल्य धादिङले जनाएको छ।
स्थानीय स्वास्थ्य संस्था र पालिकाका जनप्रतिनिधिहरूको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका शिक्षक, र स्थानीय समुदायको सहभागीता रहेको थियो ।
जन स्वास्थ्य कार्यालय धादिङका अनुसार डेंगु संक्रमण रोकथाम बारे इलाका प्रहरी कार्यलय गजुरीमा पनि सुरक्षाकर्मीहरुसँग छलफल कार्यक्रम गरिएको छ ।








निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |