नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ,१३ असोज ।
नीलकण्ठ नगरपालिका–१२, दामगाडे स्थित पशुपति माध्यामिक विद्यालयमा निरन्तर विद्यार्थी मूल्याङ्कन सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । वडा अध्यक्ष राजकुमार भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यशालामा नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रकाशदत्त भट्टले सहजिकरण गर्नुभएको थियो।
कार्यशालामा प्रकाशदत्त भट्टले विद्यार्थी मूल्याङ्कनलाई निरन्तर सुधार गर्नुपर्ने महत्त्व र यसले शिक्षण विधिलाई थप प्रभावकारी बनाउने तरिकाहरूको विषयमा चर्चा गर्नुभयो।
वडा अध्यक्ष राजकुमार भण्डारीले विद्यार्थीहरूको शैक्षिक स्तर मापनमा नयाँ दृष्टिकोण आवश्यक भएको र यस प्रकारका कार्यशालाले शिक्षामा गुणस्तर सुधार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
निरन्तर मूल्याङ्कन प्रक्रियाको कार्यान्वयन र सुधारका विविध पक्षहरूबारे छलफल गर्दै सहभागी शिक्षकहरूलाई मूल्याङ्कनको नवीनतम विधिहरूमा तालिम दिने उद्देश्य कार्यक्रम आयोजना गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
कार्यशालामा पशुपती माध्यामिक विद्यालयका प्रधानाध्यापक नारायण भण्डारी, वडा नं १२ र १३ का कक्षा १ देखि ३ सम्मका ३६ जना शिक्षक शिक्षिकाहरुकोे उपस्थिति रहेको थियो ।





निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |