नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ,०६ असोज
१८ औँ विश्व रेविज दिवसको अवसरमा सप्ताहव्यापी रेविज रोग विरुद्ध निशुल्क खोप अभियान सुरु भएको छ । जिल्ला पशु सेवा कार्यलय धादिङको आयोजना र नीलकण्ठ नगरपालिकाको पशु सेवा शाखाको प्राविधिक सहयोगमा सप्ताहव्यापी अभिायन सुरु भएको हो ।
अवरोध हटाऔँ, रेविज उन्मुलन गरौँ भन्ने मुल नाराका साथ सदरमुकाम धादिङबेशी स्थित पुछारबजारबाट अभयान सुरु गरिएको हो ।
सप्ताहव्यापी अभिायनको आज पहिलो दिन बजार क्षेत्रमा रहेका ५३ वटा सामुदायिक कुकुरमा एन्टिरेविज खोप लगाइएको नीलकण्ठ नगरपालिकाका पशु नीलकण्ठ नगरपालिकाका पशु सेवा प्राविधिक सुवास खतिवडाले जानकारी दिनुभयो ।
आजदेखी सुरु भएको सप्ताहव्यापी अभियान असोज १२ गतेसम्म संचालन हुने हुँदा घर पालुवा/सामुदायिक कुकुर तथा बिरालोहरुलाई निशुल्क रेविज रोग विरुद्ध खोप लगाइने भएकोले पशु सेवा कार्यलय तथा नीलकण्ठ नगरपालिका पशु शाखामा आएर खोप लगाउन अनुरोध गरिएको छ ।
सन २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मृत्युको अन्त्य गर्ने लक्ष्य रहेको हुँदा प्रत्यक बर्ष अभियानको रुपमा खोप कार्यक्रम संचालन हुँदै आएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |