प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
धादिङ,४ भदौ
धादिङबेशीमा रहेको लाङघाली डेन्टल क्लिनिकले आफ्नो तेस्रो वार्षिक उत्सव मनाएको छ । बिहिबार स्थापना दिवस एवं संविधान दिवसको अवसरमा दाँत,मुखको निशुल्क परिक्षण एवं दाँत सम्बन्धी औषधी र सामाग्रीहरु वितरण गरेर दिवस मनाएको हो ।कार्यक्रमको प्रमुख अतिथी एवं प्रदेश सांसद गोविन्द लम्सालले स्थापना दिवसको शुभकामना दिनुहुँदै डेन्टलले सेवा प्रदान गरेर अत्यान्त महत्वपूर्ण काम गरिरहेको बताउनुभएको छ । पछिल्लो समयमा युवा पुस्ताहरु विदेश पलायन भईरहेको समयमा डेन्टल संचालन गरेर सेवा प्रदान गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।

लाङघाली डेन्टल क्लिनिकका संचालक डा।रचना रेशमी गिदेल मगरले डेन्टल संचालन गरेपछि महिला डाक्टरले पुरुष डाक्टर सरह काम गर्न सक्दैनन् भन्ने मानसिकतालाई चिर्न सफल भएको बताउनुभयो । सुरुमा आउने विरामीहरुले तिमीले गर्न सक्छौं र रु विगार्ने पो हो की भन्ने प्रश्न गर्ने गर्दथे उहाँले भन्नुभयो,‘ अहिले उपचार गरिसकेपछि खुशी हुँदै धन्यावाद दिने गरेका छन् । ’ आफुसँग पढेका साथीहरु सबै विदेशीका छन् । मैले आफ्नै ठाउँमा विरामीहरुको सेवा गर्न पाएको छु । आगामी दिनमा डेन्टललाई अस्पतालको रुपमा परिणत गरेर लैजाने लक्ष्य रहेको उहाँले बताउनुभयो । कार्यक्रममा डेन्टलले विगत ३ वर्षदेखि गर्दै आएका कामहरुको बारेमा जानकारी समत गराउनुभएको थियो ।

हालसम्म डेन्टलबाट ७ सय भन्दा बढि विरामीहरुले सेवा लिईसकेको बताउनुभयो । स्थापना दिवसकै अवसरमा अभिभाकत्वको जिम्मेवारी निर्वाह गरिरहनुभएका यदु बहादुर रेशमी, अमृता रेशमी र हरिशंकर गिदेल मगरलाई सम्मान गरिएको छ । त्यस्तै विगत २ वर्षदेखि डेन्टलमा कार्यरत कर्मचारी सुस्मिता श्रेष्ठ र संगिता थापालाई मायाको चिनो प्रदान गरिएको छ । कार्यक्रममा आमाको माया छात्रावास र स्वाबलम्वी बहिरा आधारभुत विद्यालयका बालबालिकाहरुलाई दन्त सम्बन्धी सामाग्री प्रदान गर्नुका साथै स्वास्थ्य परिक्षण समेत गरिएको थियो ।डेन्टलले स्थापना दिवसको अवसरमा एक महिना सम्म निशुल्क दाँत र मुखको निशुल्क परिक्षण शिविर संचालन समेत गरेको छ । बिहिबार मात्रै शिविरमा सय भन्दा बढि विरामीले सेवा लिईसकेका छन् । शिविरमा दाँत निकाल्नेमा ५० प्रतिशत छुट र दाँत राख्नेमा ३० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |