प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
धादिङ,२९ भदौ
धादिङबेसीमा रहेको न्यु किबो बोर्डिङ स्कुलमा प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न भएको छ । विश्व प्राथमिक उपचार दिवसको अवसरमा विद्यालयमा तालिमको आयोजना गरेर तालिम सन्चालन गरीएको विद्यालयका प्रिन्सिपल प्रयास रेग्मीले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी,धादिङ जिल्ला शाखाको समन्वय र युवा रेडक्रस सर्कल, न्यु किबो बोर्डिङको आयोजनामा तालिम सम्पन्न भएको हो ।
विधालयका अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टका अनुसार युवा रेडक्रस सर्कल, न्यु किबो बोर्डिङको अध्यक्ष सन्जिवनी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, धादिङ जिल्ला शाखाकाका सभापति दुर्लभ कुमार तामाङको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला शाखाका महामन्त्री, नेम बहादुर श्रेष्ठको विशेष आतिथ्यता रहेको कार्यक्रममा, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ विद्यालयका प्रिन्सिपल प्रयास रेग्मी, युवा रेडक्रस सर्कल, न्यु किबो बोर्डिङ संरक्षक लगायतको आतिथ्यता रहेको थियो ।विद्यालयका प्रीन्सीपल तथा यु. रे. स., न्यु किबो बोर्डिङका संरक्षक प्रयास रेग्मिले केही समय अघि सम्पन्न न्यु किबो बोर्डिङमा नै सम्पन्न भएको दुई दिने प्राथमिक उपचार सम्बधी तालीमलाई पुनर्ताजगी गराउने हिसाबले तालिम सन्चालन गरीएको बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |