प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,१४ भाद्र ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले शुक्रबार स्थलगत निरिक्षण गरेका छन् ।
काठमाडौंको नागढुंगादेखि धादिङको नौबिसे, गल्छीबजार हुँदै चितवनको मुग्लिन र पोखरासम्मका नागरिकहरु भेट्ने, गुनासो सुन्ने र गर्नुपर्ने कामको योजना बनाउने यात्रामा निस्किएका मन्त्री दाहालले पहिलो चरणमा सुरुङ मार्गको निरिक्षण गरेका हुन् ।
मन्त्री दाहालसँगै नेकपा एमाले धादिङका नेताहरुको टोली काठमाडौको बलम्बूबाट सुरुङ प्रवेश गरी धादिङको सिस्नेखोलातर्फ निस्किएका थिए । सुरुङको यात्रा गरेर निस्किनुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले नेपालमा सुरुङको युग सुरु भएको र काठमाडौबाट पसेर धादिङपट्टी निस्कदा गर्व महशुस भएको प्रतिकृया दिएका छन् ।
समयमै काम सक्न र चाँडै सुरु संचालनमा ल्याउन ठेकेदार कम्पनी र सम्बन्धित निकायहरुलाई निर्देशन दिएको नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिइन् । चन्द्रागिरी नगरपालिकाको बलम्बूदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गअन्तर्गत आपत्कालीन सुरुङको लम्बाइ दुई हजार ५५७ मिटर र मुख्य सुरुङको लम्बाइ दुई हजार ६८८ मिटर छ ।
आयोजनाका अनुसार हाल तीन चौथाइ भन्दा बढी काम सकिएको छ । आयोजनाको मुख्य सुरुङ र आपत्कालीन सुरुङ छिचोलिएर टर्नेलमा लाइनिङको काम भइरहेको सुरुङमार्ग आयोजनाका प्रवक्ता रमेश कोइरालाले जानकारी दिए ।
सुरुङभित्रको सडक ढलान, बत्ती तथा अक्सिजन पाइप जडानको काम पनि सुरु भएको छ । आयोजना अन्तर्गत अहिले तीन वटा अन्डर पास, चार वटा कल्भर्ट, तीन वटा पुल र एउटा ओभर पास र फ्लाइओभर गरी कुल १२ वटा संरचना निर्माण भइरहेका छन् ।
एक वर्षभित्र अर्थात २०८२ सालको दशैसम्ममा सवारी चलाउने गरी सुरुङमार्गको काम भइरहेको छ । २०७६ कात्तिक ४ गते प्रधानमन्त्री एवं् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयोजनाको शिलान्यास गरेका थिए ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |