प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,३२ साउन
नीलकण्ठ नगरपालिका भित्र कार्यरत स्वास्थ्य स्वयंसेविकाहरुलाई बार्षिक खाजा भत्ता उपलब्ध गराईने नगर प्रमुख भीम प्रसाद ढुंगानाले घोषणा गर्नुभएको छ । शुक्रबार धादिङबेसीमा स्वास्थ्य स्वयंसेविकाहरुको भेलालाई सम्बोधन गर्नुहुदै बार्षिक तीन हजार रुपैँया खाजा खर्च उपलब्ध गराउने घोषणा गर्नुभएको हो । चालु आर्थिक वर्षको साउन महिनाबाट लागु हुने गरी नगरपालिका भित्रका स्वयंयमसेविकाहरुलाइ वार्षिक तीन हजार खाजा खर्च दिन लागिएको हो ।
जनताको घर–घरमा गएर निस्वार्थ काम गर्ने स्वयंसेविकाहरुलाई प्रोत्साहनको लागि थोरै भएपनि बार्षिक तीन हजार दिने निर्णय गरेको बताउनुभयो । मेयर ढुंगानाले महिला स्वयंसेविकाहरुलाई मेयर उद्यमशीलता तालिम लिनको लागि समेत आग्रह गर्नुभएको छ । तालिम लिएर १५ लाख सम्मको सहुलियत पुर्ण कर्जामा ऋण लिनको लागि आग्रह गर्नुभएको छ । नगरपालिकाले महिलाको लागि ६ प्रतिशत व्याज ४ बर्ष सम्म सम्म तिरीदिने भन्दै उहाँले मेयर उद्यमशिलतामा जोडिनको लागि आग्रह गर्नुभएको हो ।
नेपाल स्वास्थ्य स्वयमंसेवक संघका केन्द्रीय अध्यक्ष वसन्ती महर्जनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णु प्रसाद रिजाल, जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु कुमार झा,जनस्वास्थ्थय निरिक्षक शिव राना लगायतको आतिथ्यता रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |