प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङबेशी । रुबी भ्याली गाउँपालिकाको वडा नं.४ रबास्थित गल्गडाँडा कोच्चोङ भिरमा पहिरो गएपछि ५ घरमा क्षति पुगेको छ । उक्त क्षेत्रका स्थानियहरुको भनाई अनुसार पहिरोका कारण हाल २२ घर उच्च जोखिममा रहेको छ ।
गाउँमाथिबाट अवोइ सेर्तुङतर्फ सडक लगिएको बाटो कोच्चोङ भिरमा पहिरो लडेपछि गाउँ नै जोखिममा परेको स्थानीयहरुले बताएका छन् ।
रबा क्षेत्रका एक पहिरो पीडित स्थानीयका अनुसार “सडक ट्याक भस्सिएर ठुलो पहिरोमा परिणत भएको छ । घरबार सबै छोडेर गोठको बास बिताइरहेका र बाढी पहिरो पीडितहरुलाई स्थानीय सरकारले समस्या समाधानका लागि पहल गर्नुपर्ने र राहत उपलब्ध गराउन अनुरोध गरेको उहाँले बताउनु भयो । पहिरोले सबै बाली नष्ट भएको समेत स्थानियले बताएका छन् ।
पहिरोले साङ्कोस तिप्लिङ सडक विभिन्न ठाउँमा बाटो अवरोध भएको छ । हाल धादिङ बेसीबाट खनियाबासको तरमानेसम्म सवारी चलिरहेको छ । यसबाहेक क्षेत्रमा सडक अवरुद्ध छ । पहिरो गएको स्थानमा ५ घरमा क्षति पुगेको छ । उनीहरू विस्थापित भएर नजिकै गाउँमा आश्रय लिएर बसेका छन् भने अन्य मानिसपनि घर छाडेर गोठमा बसिरहेको स्थानीयले बताएका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |