नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ,१७ असार ।
डिभिजन वन कार्यालय धादिङले हरीत स्वयंसेवकहरूलाई विदाइ गरेको छ । कार्यालयले वन डढेलो नियन्त्रण, वन संरक्षण र वन्यजन्तु संरक्षणमा कार्यरत हरीत स्वयंसेवकहरूलाई आजबाट विदाई गरेको हो ।
आर्थिक वर्ष २०८०/०८१ को वातावरण संरक्षण तथा शहरी वन कार्यक्रम अन्तर्गत नियुक्त भइ करीव ५ महिनादेखि कार्यरत हरीत स्वयंसेवकहरूलाई आज एक कार्यक्रमका बिच विदाई गरिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनुभयो ।
गत फागुनदेखि असारसम्म वन डढेलो नियन्त्रण, वन संरक्षण र वन्यजन्तु संरक्षणमा खटिएका स्वयंसेवकहरूलाई जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे र वन अधिकृत विष्णु प्रसाद आचार्यले फूलको गुच्छा, प्रमाण पत्र तथा खादा प्रदान गर्नुभएको थियो।
हरित स्वयंसेवकहरूलाई विदाइ तथा शुभकामना आदान प्रदान कार्यक्रममा फिल्डमा सहजीकरण गर्ने कार्यालयका चालक तथा सवरहरूलाई समेत सम्मानपत्र प्रदान गरिएको छ ।






निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |