धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङबेशी । पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सम्बन्धि पत्रकारसँग एक दिने अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार धादिङबेसीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्रको आयोजनामा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सम्बन्धि अन्तक्र्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा पाठेघरको मुखका क्यान्सर भनेको के हो, पाठेघरको मुखका क्यान्सर जोखिम, लक्षण,सामाधान लगायतको विषयमा जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु कुमार झाले सहजिकरण गर्नु भएको थियो त्यस्तै उहाँले स्क्रिनिङ किन महत्त्वपूर्ण छ, कहिले परीक्षण गराउने लगायतको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
धादिङ अस्पतालका डा. दिनेश रेग्मीले कार्यक्रममा प्रस्तुतिकरण गर्नुहुदै महिलाहरु आफ्ैले आफ्नो स्तन छामेर क्यान्सर भएको नभएको सजिलै थाहा पाउन सकिने बताउनु भयो । यसैगरि उहाँले साउन एक गते देखी धादिङ अस्पतालमै स्तन क्यान्सर जाँच सेवा सुरु हुने बताउनु भयो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका प्रमुख डा. अमुल्य दाहालले कार्यक्रममा बोल्दै पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर आयुर्वेद पद्धतिबाट पनि कम गर्ने सकिने बताउनु भयो ।
त्यस्तै नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सम्बन्धि नगरपालिकाले बेला बेलामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउनु भएको छ । उहाँले धादिङ जिल्लामा २० प्रतिशत महिलाहरु २० वर्ष भन्दा कम उमेरमा गर्भवती हुने भएकोले पाठेघरकोे क्यान्सरबाट जोखिम बढ्दै गएको बताउनु भयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |