प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,९ असार
धादिङबेसी स्थित चिल्ड्रेनपार्क आवासिय माध्यमिक विद्यालयमा पूर्व प्राथमिक तहको दीक्षान्त समारोह शनिवार सम्पन्न भएको छ । प्रिस्कूल (कक्षा यूकेजी) तह उतीर्ण सफल हुने ९० जना विद्यार्थीहरूको दीक्षान्त समारोह सम्पन्न भएको हो । दिक्षान्त समारोहको अवसरमा युकेजीमा सर्वोत्कृष्ट हुनु हुने ५ जना सहित ४ जिपिए ल्याउन सफल विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा हाल कक्षा १ मा अध्ययनरत विद्यार्थीहरू र अभिभावकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूका विविध प्रतिभाहरू समेत प्रदर्शन गरिएको थियो ।

विद्यालय सञ्चालन समितिका शान्त विक्रम बाँनियाको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा धादिङका शैक्षिक व्यक्तित्व नवराज शर्माको प्रमुख आतिथ्यतामा रहेको थियो । कार्यक्रमबिच प्रि–स्कुल तह उतीर्ण ७९ जना विद्यार्थीहरू दीक्षित गराउदै दीक्षान्त प्रमाणपत्र वितरण र अभिभावकलाई समेत सम्मान गरिएको थियो । विद्यालयले प्रत्येक वर्ष पूर्व प्राथमिक तह पार गरेका विद्यार्थीहरूलाई लक्षित गरी भव्य रूपमा दीक्षान्त समारोह आयोजना गर्ने गरिएको विद्यालयका प्रिन्सिपल षष्टिकुमार श्रेष्ठले बताउनु भयो । कार्यक्रममा प्रविधिलाई सिकाइमा जोड्दै ज्ञान सीप सहितको ब्यवहारिक शिक्षा दिन विद्यालय लागि परिरहेको समेत प्रिन्सिपल श्रेष्ठले बताउनुभयो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |