प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,३१ जेठ
धादिङको ज्वालामुखी गाउँपालिकामा खानेपानी परीक्षण प्रयोगशालाको उद्घाटन गरीएको छ ।बुधबार ज्वालामुखी ग्रामीण खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डले उक्त कार्यक्रमको आयोजना गरेको हो। सर्वसूलभ र सुरक्षित खानेपानी, सरसफाई तथा स्वच्छता प्रर्वद्धनको लागि दिगो संस्था भन्ने नाराको साथ खानेपानी परीक्षण प्रयोगशालाको उद्घाटन गरीएको गाउँपालिका अध्यक्ष यमनाथ दनैले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाँउपालिकाको अध्यक्ष यमनाथ दनैले ग्रामीण खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डले गाउपालिकामा धेरै काम गरेको बताउनु भयो ।खानेपानीको बोर्ड स्थापना भएपछि गाउपालिकामा खानेपानीको समस्या कम भएको उहाँले बताउनु भयो । आगामी दिनमा गाउपालिकाले खानेपानीको डिजिटल प्रोफाईल बनाउने अध्यक्ष दनैको भनाई छ । खानेपानी र सरसफाईको क्षेत्रका ज्वालामुखी गाउँपालिका अगाडी रहेको बताउनुभयो ।नागरिकहरुको आवश्यकताको आधारमा गाउँपालिकाले काम गरीरहेको बताउनुभयो ।

खानेपानी बोर्ड अन्र्तगत गाउपालिकामा एक घर एक धारो बनाउने अभियान सञ्चालन भईरहेको प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डितले बताउनुभयो ।खानेपानी प्रयोगशाला स्थापना भएसँगैं नागरिकहरुले सुरक्षित खानेपानी पीउन पाउने पण्डितले बताउनुभयो ।खानेपानी तथा सरसफाईलाई स्वच्छ बनाउन सबै एक भएर लाग्नु पर्ने गाउपलिकाका स्वास्थ्य प्रमुख सुजन श्रेष्ठले बताउनु भएको छ । धादिङ जिल्ला भरीमा स्वच्छ खानेपानीमा गाउपालिका अगाडी भएको उहाँले बताउनु भयो । ज्वालामुखी गाउँपालिकाका अध्यक्ष एवं बोर्डका अध्यक्ष यमनाथ दनैको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउपालिकाका प्रमुख प्रशाासकीय अधिकृत सुमन पण्डित, पूर्व जनप्रतिनिधि, वडा अध्यक्ष कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |