प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,२७ जेठ
नीलकण्ठ नगरपालिकाले नीति तथा कार्यक्रम बनाउन विभिन्न सरोकारवालाहरुसँग सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ । आगामी आर्थिक बर्ष २०८१÷०८२ को नीति कार्यक्रम तथा बजेट निर्माण गर्नको लागि नगरपालिकाले उक्त कार्यक्रमको आयोजना गरेको हो ।कार्यक्रममा विभिन्न पक्षका सरोकारवालाहरुले आ—आफ्नो राय सुझाव दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गनुहुर्दै नीलकण्ठ नगरपालिकाका कार्यवाहक मेयर दिपक विश्वकर्माले यो महत्वपूर्ण कार्यक्रम भएको हुनाले सकेसम्म सबैको सल्लाह सुझाव लाई समेटेर जाने बताउनु भएको छ ।आगामी दिनमा विभिन्न व्यक्तिहरुले दिएको सुझावले गर्दा नगरपालिकालाई नीति था कार्यक्रम बनाउन सजिलो हुने उहाँले बताउनु भयो ।यस बर्ष नगरपालिकाले केही नयाँ कार्यक्रम ल्याउने विश्वकर्माको भनाई छ ।

अपराधमा न्युनीकरण र आत्महत्या न्युनीकरणमा नगरपालिकाले ध्यान दिनुपर्ने प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनु भयो । नगरपालिकाले आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम बनाउदा वास्तविक किसान लाई लक्षित गरेर कार्यक्रम ल्याउनुपर्ने, फोहोरको व्यवस्थापन ,खानेपानीको समस्या सामाधान गर्नुपर्ने लगायतको सुझाव नागरिकहरुले दिनुभएको थियो ।

त्यस्तै कार्यक्रममा जेष्ठ नागरिक प्रति नगरपालिकाले गरेको काम एकदम राम्रो भएको भन्दै सवारीसाधनमा जेष्ठ नागरिक लाई तोकेको ठाउँ नपाएको गुनासो जेष्ठ नागरिकले राख्नुभएको थियो । नगरपालिकाको कार्यवाहक मेयर दिपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे,नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषेत्तम सुवेदी,नीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ,अन्य वडा अध्यक्षहरु,कार्यापालिका सदस्यहरु,जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु,नागरिक समाज,पत्रकार,गैर सकारी संघ संस्था लगायत सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |