प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,२३ जेठ
वातावरण संरक्षणको लागि तीनै तहको सरकार मिल्नुपर्ने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताउनु भएको छ । वातावरण संरक्षणमा ध्यान दिन नसके भोलीको दिनमा मानव जातीले ठुलो क्षती भोग्नुपर्ने उहाँले बताउनुभयो। चिउरी र चमेरो संरक्षण अभियान नामक पुस्तिका बिमोचन गर्नुहुदै मुख्यमन्त्री कट्टेलले चेपाङ समुदायको उत्थानको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।सिमान्तकृत चेपाङ समुदायको जिविकोपार्जन गर्न,चिउरी र चमेरोको संरक्षण गर्नको लागि प्रदेश सरकारले कार्यक्रम ल्याएको बताउनुभयो ।

आज बेनिघाट रोराङ गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको आयोजनामा ताल्तिमा चेपाङ समुदायको उत्थानको लागि चिउरी र चमेरो संरक्षण अभियान नामक पुस्तिकाको विमोचन गरीएको हो।डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आर्चायद्वारा लिखित पुस्तकको विमोचन गरीएको हो। कार्यक्रमलाई सम्बोधन गर्नुहुदै डिभिजन बन कार्यालय धादिङका प्रमुख आर्चायले चेपाङ समुदायको उत्थान र जिविकोपार्जनको लागि यस्तो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया,उपाध्यक्ष टाप बहादुर श्रेष्ठ,डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आर्चाय,शाखा अधिकृत निर्मला घिमिरे, बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।विश्व वातावरण दिवस २०८१ को अवसर पारेर पुस्तिका विमोचन गरिएको हो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |