प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,२० जेठ
धादिङमा दोस्रो चरणको आइ.पि.भी(पोलियो) खोप अभियान आजदेखि सुुरु भएको छ।नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका र सिद्धलेक गाउँपालिकामा आजदेखि दोसा्रे चरणको खोप अभियान संचालन भएको जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु कुमार झाले बताउनुभयो ।नीलकण्ठ नगरपालिकाको खोप अभियान समता स्कुलबाट सुरु गरिएको हो ।पोलियो रोग उन्मुलन गर्ने उद्धेश्यका साथ २०७३ साल बैशाखदेखी २०७५ असोज मसान्तसम्म जन्मेका (साढे ५ बर्षदेखी ८ बर्ष भित्रका) बालबालिकाहरुलाई दुई चरणमा खोप अभियान संचालन गरिएको हो ।नीलकलण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्मा,नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी,वरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णु रिजाल लगायतको उपस्थितीमा अभियायको उद्घाटन गरीएको हो।
पहिलो चरणमा जिल्लाका ११ वटा पालिका मा अभियान संचालन भएको थियो।६ वटा खोप केन्द्रबाट संचालन गरिएको पहिलो चरणको अभियानमा ७ हजार ७२३ बालबालिकालाई खोप लगाइएको जनस्वास्थ्य कार्यालय धादिङका सुचना अधिकारी तोयानाथ छत्कुलीले जानकारी दिनुभयो।जिल्लाका १२ हजार ७ सय ९० जना बालबालिकालाई खोप लगाउने लक्ष्यका साथ ४ सय ८० वटा विद्यालयमा खोप केन्द्र रहने गरी अभियान सञ्चालन गरिएको झाले बताउनुभयो।आज देखि सुरु भएको दोस्रो चरणको खोप अभियान जेठ २६ गतेसम्म संचालन हुनेछ । नेपालबाट सन् २०२६ सम्म पोलियोरोग निर्मुल गर्ने लक्ष्यका साथ राष्ट्रव्यापी रुपमा यो अभियान सञ्चालन हुँदैछ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |