निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङबेशी । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा बेरुजु शुन्य गराउन सफल भएको छ । महालेखा परीक्षकको कार्यालयको ६१ औं प्रतिवेदन २०८१ अनुसार देश भरिबाट पाँच वटा स्थानीय तहहरुको बेरुजु शुन्य देखिँदा धादिङको बेनीघाट रोराङ गाउँपालिका पनि शुन्य बेरुजु ल्याउन सफल भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वमुल्याङ्कन कार्यविधि अनुरुप ७५३ स्थानीय तह मध्ये बेनीघाट रोराङ गाउँपालिका पनि शुन्य बेरुजु ल्याउन सफल भएको छ । धादिङमा १३ स्थानिय तह मध्ये कम बेरुजु हुनेमा नेत्रावती डवजोङ गाउँपालिका दोस्रो,नीलकण्ठ नगरपालिका तेस्रो र खनियाबास गाउँपालिका चौथो बन्न सफल भएको छ ।
महालेखाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार धादिङको नेत्रावती डवजोङ गाउँपालिकाको ० दशमलब ०.४ प्रतिशत, नीलकण्ठ नगरपालिकाले ० दशमल ४९ प्रतिशत, खनियाबास गाउँपालिकाले ० दशमलब ८३ प्रतिशत मात्र बेरुजु रहेको छ ।
त्यसैगरी गल्छी गाउँपालिकाको १ दशमलव २१ , गंगाजमुना गाउँपालिकाकोे १ दशमलव ४५, त्रिपुरासुन्दरी गाउंपालिका २ दशमलव ०२, सिद्धलेक गाउँपालिका २ दमलव ०३, रुविभ्याली गाउंपालिकाको २ दशमलव ६२, गजुरी गाउँपालिकाको २ दशमलव ७१, ज्वालामुखी गाउँपालिकाको ३ दशमलव ०४, थांक्रे गाउँपालिकाको ५ दशमलव ८२ रहेको छ ।
धादिङको १३ स्थानिय तह मध्ये सवै भन्दा बढि बेरुजु रहनेमा धुनिवेशी नगरपालिकाको ९ दशमलव १३ प्रतिशत बेरुजु जारी गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |