शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला
धादिङबेशी । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा बेरुजु शुन्य गराउन सफल भएको छ । महालेखा परीक्षकको कार्यालयको ६१ औं प्रतिवेदन २०८१ अनुसार देश भरिबाट पाँच वटा स्थानीय तहहरुको बेरुजु शुन्य देखिँदा धादिङको बेनीघाट रोराङ गाउँपालिका पनि शुन्य बेरुजु ल्याउन सफल भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वमुल्याङ्कन कार्यविधि अनुरुप ७५३ स्थानीय तह मध्ये बेनीघाट रोराङ गाउँपालिका पनि शुन्य बेरुजु ल्याउन सफल भएको छ । धादिङमा १३ स्थानिय तह मध्ये कम बेरुजु हुनेमा नेत्रावती डवजोङ गाउँपालिका दोस्रो,नीलकण्ठ नगरपालिका तेस्रो र खनियाबास गाउँपालिका चौथो बन्न सफल भएको छ ।
महालेखाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार धादिङको नेत्रावती डवजोङ गाउँपालिकाको ० दशमलब ०.४ प्रतिशत, नीलकण्ठ नगरपालिकाले ० दशमल ४९ प्रतिशत, खनियाबास गाउँपालिकाले ० दशमलब ८३ प्रतिशत मात्र बेरुजु रहेको छ ।
त्यसैगरी गल्छी गाउँपालिकाको १ दशमलव २१ , गंगाजमुना गाउँपालिकाकोे १ दशमलव ४५, त्रिपुरासुन्दरी गाउंपालिका २ दशमलव ०२, सिद्धलेक गाउँपालिका २ दमलव ०३, रुविभ्याली गाउंपालिकाको २ दशमलव ६२, गजुरी गाउँपालिकाको २ दशमलव ७१, ज्वालामुखी गाउँपालिकाको ३ दशमलव ०४, थांक्रे गाउँपालिकाको ५ दशमलव ८२ रहेको छ ।
धादिङको १३ स्थानिय तह मध्ये सवै भन्दा बढि बेरुजु रहनेमा धुनिवेशी नगरपालिकाको ९ दशमलव १३ प्रतिशत बेरुजु जारी गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |